३३ दल सम्बद्ध मोर्चाले भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गर्दै

काठमाडौं,बैशाख १६ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी सहितका ३३ दल सम्बद्ध मोर्चाले आज भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गर्नेभएको छ । अपरान्ह लैनचौरबाट निकालिने जुलुस दूताबास अगाडि पुगेपछि ज्ञापनपत्र बुझाइने नेताहरुले बताएका छन् ।

विरोध प्रदर्शनमा ३३ दलका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । पाँचवर्षदेखि भारतले बिराटनगरमा खोलेको कार्यालय अवैध भएको भन्दै ३३ दलले त्यसलाई हटाउनुपर्ने माग गर्दै आएका छन् । सो कार्यालय हटाउन नेपाल सरकारले भारतीय दूतावासलाई पत्रचार गर्दासमेत भारतले हटाएको छैन । सो कार्यालय बिराटनगरबाट हटाउनुपर्ने माग जायज रहेको धारणा पूर्वाञ्चलका सरकारी अधिकारीहरुले समेत व्यक्त गर्दै आएका छन् ।