महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको ज्यान गयो

महोत्तरी,बैशाख १६ । महोत्तरीमा आइतबार राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ । गुडिरहेको ट्याक्टरबाट खस्दा पिप्रा ९ का ३५ वर्षीय श्यामजस कापरको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै,गएराती नै महोत्तरीको हलखोरी ५ मा ट्रयाक्टर पल्टिंदा एक बालकको ज्यान गएको छ । घटनामा सोही ठाउँका शंकर यादबका ९ बर्षका छोरा राम यादवको ज्यान गएको हो । नजिकैको खेतमा माटो लोड गर्न रोकिएको ज १ त ३५७९ नम्वरको ट्रयाक्टर अचानक ओरालोतिर गुडेर पल्टिंदा बालकलाई किचेको प्रहरीले जनाएको छ ।