पूर्वसभासद् करिमा बेगम धरौटीमा रिहा
भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको अभियोग लागेकी पूर्वसभासद् करिमा बेगमलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत पर्साले आदेश दिएको छ ।
अधिवक्ता दीनानाथ साहले दायर गरेको नागरिकतासम्बन्धी मुद्दामा अदालतका न्यायाधिश वैधनाथ गुप्ताले बिहीबार पूर्वसभासद् बेगमसँग १५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएका हुन् ।
गुप्ताले अर्को दुईजना विपक्षी वीरगञ्ज-१६ का हीरालाल गिरी र मन्जुर अन्सारीसँग शुक्रबार जनही १० हजार रुपैयाँ धरौटी लिएर तारेखमा रिहा गर्न आदेश जारी गरेको बताइएको छ ।
पर्सा निर्वाचन क्षेत्रनम्बर १ बाट बेगम संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट निर्वाचित सभासद थिइन् ।
अधिवक्ता साहले वीरगञ्ज उपमहानगरपालिका-१६ मा बसोबास गर्दै आएका हतपतगञ्ज गाविस -५ का चनरदेवप्रसाद यादवकी विवाहित छोरी ४१ वर्षीया रामकुमारी देवीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पूर्वसभासद बेगमसहित २० जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।