नेपाली भूमि डुबाउने गरी भारतद्वारा दशगजामा बाँध निर्माण गरिरहेको !! हेर्नुस् (भिडियोसहित)
नेपाल–भारत सीमाक्षेत्रअन्तर्गत सप्तरीको तिलाठीनजिकको दशगजा क्षेत्रमा भारतीय पक्षद्वारा निर्माणाधिन बाँध र कज–वेका कारण वर्षामा सप्तरीका एक दर्जन गाविस डुबानमा पर्ने जोखिम बढेको छ । नेपाल हुँदै भारत छिर्ने नदीको प्राकृतिक बहाव रोक्नेगरी निर्माणाधिन बाँधका कारण ती गाविस डुबानको खतरामा परेका हुन् । दुई देशबीचका बैठकमा भएका सम्झौता र सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुन विपरीत दश गजा क्षेत्रमा भारतीय पक्षले करिब अढाई किलोमिटर कच्ची बाँध र कज–वे निर्माण गरिरहेको छ ।
