माओवादी मार्ने दुई सुटरसहित तीन मोस्ट वान्टेड पक्राउ
लहान - विभिन्न अपराधिक घटनामा संलग्न तीन जना मोस्ट वान्टेडलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेका मलहनीयाखोरी –३ का आमोद भनिने विजय कुमार यादव, श्यामकिशोर कापर र दिपेन्द्र कापरलाई प्रहरीले कटुवा पेस्तोल र छ राउण्ड गोलीसहित सार्वजनि गर्यो।
सिराहा प्रहरी प्रमुख मनोज कुमार न्यौपानेका अनुसार जिल्लामा हत्या, जबरजस्ती चन्दा असुली, हतियार प्रर्दशन, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधमा संलग्न भई फरार तीन जना अभियुक्तलाई मिर्चैयाबाट पक्राउ गरिएको हो।
श्यामकिशोर र दीपेन्द्रमाथि ०६८ वैशाख ३० मा रामपुरबिर्ताका माओवादी कार्यकर्ता बिन्देश्वर महतोको हत्या गरेको अभियोग रहेको एसपी न्यौपानेले बताए। श्यामकिशोर पेशेवर अपराधी भएको न्यौपानेको भनाइ छ। 'दीपेन्द्र श्यामकिशोरका सहियोगी सुटर हुन्,' उनले भने।
दुबै जनालाई आमोदले सुटरको रुपमा पालेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको न्यौपानले भने। उनका अनुसार आमोदले दैनिक डेढ सय भत्ता दिएर दुबैजनालाई सुटरको रुपमा पालेका हुन।

nagariknews