यसरी फेरियो चीनलाई हेर्ने एमाओवादी नीति पहिले 'सांस्कृतिक क्रान्ति' अहिले 'सेतो बिरालो'
अरुण बराल/ राजनीतिक टिप्पणी
सन् १९७६ मा चिनियाँ नेता माओत्सेतुङको निधनपछि चीनमा प्रतिक्रान्ति भएको भन्दै आएको एनेकपा माओवादीले जनयुद्धकालभरि ‘महान चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति’को वकालत गर्दथ्यो । यतिबेला चाहिँ उसले एकाएक सर्वहारा सांस्कृतिक क्रान्तिको नारालाई खोपीमा थन्क्याएर तेङ स्याओफिङको ‘सेतो बिरालो’ नेपाल भित्र्याउने रणनीति अख्तियार गर्न थालेको छ । आइतबार प्रचण्ड चीन उड्ने बेलासम्म आइपुग्दा एमाओवादीले चीनलाई खुशी पार्ने र भारतलाई झ्वाँक चलाउने रणनीति बदल्ने संकेत गरेको छ ।
एउटा रोचक घटना
प्रचण्डले यसअघि तीनपटक चीनको भ्रमण गरिसकेका छन् । बेइजिङ ओलम्पिकको समापनमा प्रधानमन्त्रीको हैसियतबाट चीन पुगेका प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पनि निकै जोडबल लगाएर तत्कालीन चिनियाँ राष्ट्रपति हुजिन्ताओसँग भेट गरेका थिए । मोहन वैद्य र कृष्णबहादुर महरासमेत साथैमा रहेको सो भेटमा चिनियाँ अधिकारीसँग भएको वार्तालाप निकै रोचक छ ।
प्रचण्डले राजीनामा दिएपछि एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएको थियो, जसलाई एमाओवादीले ‘कठपुतली’को संज्ञा दिएको थियो । त्यहीबेला चीन पुगेको प्रचण्डको टोलीले चिनियाँ राष्ट्रपतिसमक्ष नेपाल सरकार भारतको कठपुतली रहेको, भारतले नेपालमा हस्तक्षेप बढाएको र आफूहरु चीनसँग अत्यन्तै नजिक रहेर काम गर्न इच्छुक रहेको चिनियाँ राष्ट्रपतिलाई बताएको थियो । एमाओवादी नेताको कुरा ध्यानपूर्वक सुनेका चिनियाँ राष्ट्रपतिले प्रचण्डको प्रस्तावमाथि चिसोपानी खन्याउँदै भनेका थिए कि नेपालले भारतसित दुश्मनी हैन मित्रवत् सम्बन्ध राख्नुपर्छ । एशियामा हामी सबै आपसमा मिल्नुपर्छ र एक्काइशौं शताब्दीको विश्वलाई हामीले नेतृत्व गर्नुपर्छ ।
अरुको अन्तरसंघर्षमा खेलेर आफूलाई खरो उतार्दै आएका प्रचण्डले चीनसामु भारतको विरोध गरेर प्यारो हुन सकिन्छ भन्ने सोचेर त्यस्तो बोलेका थिए । तर, चिनियाँ नेताहरुको उच्च कूटनीतिक चेतनाका सामु उनले लाजले पानी हुनुपरेको उक्त घटना वैद्य र महराले अहिलेसम्म बिर्सिएका छैनन् । माओवादी स्रोतअनुसार उक्त भेटमा चिनियाँ अधिकारीहरुले एमालेविरुद्ध कुरा लगाउन होइन कि दुबै कम्युनष्टिहरु मिलेर अघि बढ्न सल्लाह दिएका थिए । प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएकोमा पनि चिनियाँहरुले उनको आलोचना गरेका थिए ।
प्रचण्डले गरेको गल्ती
चीनबाट फर्केपछि प्रचण्डले त्रिभुवन विमानस्थलमै भने कि अब हामीले मिलेर अघि बढ्नुपर्छ र दक्षिण एशियाको नेतृत्व गर्नुपर्छ । प्रचण्डको यो भनाइलाई सधैं उनको विरोध गर्ने मोहनविक्रम सिंहले समेत वक्तव्य निकालेर प्रशंसा गरे । तर, चिनियाँ नेताहरुले दिएको अर्ति प्रचण्डले यति चाँडै बिर्सिए कि भारतसँग सद्भाव बढाउनुको साटो सीमानामा उत्तेजक गतिविध गर्ने एवं दिल्लीसँग सिधै वार्ता गरिन्छ भनेर भाषण ठोक्ने बाटो अख्तियार गरे ।
चिनियाँ नेताको सल्लाह एउटा थियो, प्रचण्डको व्यवहार अर्कै भैदियो, जसले गर्दा उनले न भारतको सद्भाव पाए, न चिनियाँ नेताका सामु उनको उचाइ नै बढ्यो । भारतविरुद्ध जति धेरै उपि|mयो, उति नै सगरमाथा पर्तिरको छिमेकीले आफूलाई देख्छ भन्ने पुरानो ह्याङओभरका कारण एमाओवादीले यस्तो गलत नीति अख्तियार गर्न पुगेको थियो । यसैको प्रतिफलस्वरुप अहिलेसम्म प्रचण्डले भारतप्रति जतिसुकै निहुरिने प्रयास गरे पनि भारतले उनलाई विश्वास गर्न सकेको छैन । एमालेवादी जोडले उपि|mयो र आफैं गलेर थेच्चारियो । अन्ततः हण्डर खाएपछि बुद्धि बढ्छ भन्ने माओको सिद्धान्तअनुसार प्रचण्ड फेरि हु जिन्ताओकै लाइनमा आइपुगेका छन् ।
भारतको विरोध गर्दैमा राष्ट्रवादी भइन्न भन्ने नयाँ सोचाइमा एमाओवाद निेताहरु पुगेका छन् । प्रचण्डले भारतको विरोध गर्नुका पछाडि राष्ट्रियताप्रति ओतप्रोत भएर होइन कि चीनलाई यसरी नै खुशी बनाउन सकिन्छ भन्ने सोचाइले काम गरेको थियो । बल्ल लाग्यो घैंटामा घाम ‘चीनसँगको सम्बन्धमा तेस्रो देशको कुरा गर्नु कूटनीतिक मर्यादा विपरीत हुँदोरहेछ ।’- एकजना एमाओवादी नेताको विश्लेषण यस्तो छ- ‘भारत र चीन एकापसमा मित्रवत् सम्बन्ध बनाउन चाहिरहेका रहेछन्, हामीले चाहिँ यो कुरा निकै ढीलोमात्रै बुझ्यौं ।’
चीन र भारत एक-अर्काका दुश्मन हुन् र उनीहरुमध्ये कुनै एउटाविरुद्ध अर्को कार्ड खेल्न सकिन्छ भन्ने एमाओवादी नेताहरुको भ्रम निकै ढीलो गरी स्खलन भएको यसबाट प्रष्ट हुन्छ । नेपालका केही ‘मण्डले राष्ट्रवादी’ अनि भारतमा रहेका केही चीनविरोधी अतिवादीले कान फुकेकै आधारमा एमाओवादीले चीनको विश्वास लिन भारतको विरोध गर्ने नीति अख्तियार गर्दै आएको थियो । तर, अब उसले चीनलाई हेर्ने नीतिमा परिवर्तन ल्याएको छ । सम्भवतः यसपालिको चीन भ्रमणमा प्रचण्डले नयाँ चिनियाँ नेता सि जिनपिङसमक्ष भारतको एक शब्द पनि बिरोध गर्ने छैनन्, बरु भारत र चीनवीच असल मित्र बन्नेछु भनेर प्रतिज्ञा गरेर र्फकने छन् ।
त्यसो त भारतमा पनि चीनको अति विरोध गर्नेहरु छन् र केही चिनियाँहरुमा पनि भारतको विरोध गर्ने अतिवादी सोचाइ नभएको होइन । नेपालमा पनि भारतको अति भक्ति गर्ने र अति विरोध गर्ने दुबैखाले अतिवाद छ । त्यस्तै चीनको अति चाकडी गर्न खोज्ने रोग पनि नेपालमा बढ्दो छ । यी सबैको वीचबाट दुबै छिमेकीप्रति समदुरी राख्ने सोचाइ एमाओवादी नेता प्रचण्डमा निकै ढीलो गरी विकास भएको देखिन्छ । सम्भवतः यही कारणले उनले चीन जानुअघि नै चीन र भारत दुबै देशको भ्रमण गर्ने बताए । यद्यपि यस्तो बचकना अभिव्यक्तिले उनलाई सौम्य कूटनीतिज्ञ भन्दा पनि कच्चा खेलाडीजस्तो देखाइदिएको छ ।
अब खोलाले बगायो ‘सांस्कृतिक क्रान्ति’ र ‘सुरुङ्ग’
प्रचण्ड र उनको पार्टीले विगतमा भारतविरुद्ध सीमानामा सुरुङ्ग खन्यो । चीनको सत्तालाई उसले गद्दार तेङ मण्डली पनि भन्यो । तर, यतिबेला ऊ अकारण चीनको समर्थक बनेको छ र बिरालोको रंग सेतो भए पनि, कालो भए पनि त्यसले मुसा मारे पुग्छ भन्दै उसले तेङकै भाषामा ‘आर्थिक उत्पादन’मा जोड दिने बताउन थालेको छ । भारतले विश्वास नगरे पनि एमाओवादी भारतसँग एकतर्फी प्रेम गर्न उद्दत्त छ । यसले के प्रष्ट पार्छ भने चीनलाई हेर्ने वा चिनियाँ कार्ड खेल्ने विषयमा एमाओवादीको नीतिमा सुनामी परिवर्तन आएको छ ।
‘अति सदभावले पनि बिगार्छ’
अन्तरराष्ट्रिय मामिलाका जानकार मानिने एक एमाओवादी नेताको गुनासो यस्तो छ कि दुबै छिमेकीसँग सदभाव बढाउनु त राम्रै हो, तर, अति सदभावले हामीलाई बिगार्ने खतरा छ । चिनियाँ अनुहारको मान्छे देखेपछि असाध्यै चाकडी गर्ने र त्यो मान्छे हाइड्रोमै लगानी गर्न नेपाल आएको ठान्ने समस्या एमाओवादी नेताहरुमा बढेको उनको गुनासो छ । यसबारे ती नेताले एउटा रोचक उपमा दिँदै भने- ‘संखुवासभाको कुनै जिमीलाई सुट र रातो टाई लगाएर राजधानीको पाँचतारे होटलमा राख्ने र नबोलिकन मुन्टोमात्रै हल्लाउन लगाई ‘चिनियाँ नेता आएछन्, हाइड्रोमा लगानी गर्न आएका रे’ भन्ने हो भने हाम्रा नेताहरु जुत्ताको तुनासम्म बाँध्न नभ्याई दौडन्छन् ।’