कसको आँशुले बगायो नितालाई ? (भिडियो)
नेपाली म्युजिक भिडियोको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउँदै लगेकी निर्देशक मिनाक्षी कोइराला यतिबेला व्यस्त छिन् । उनले आधादर्जन गीतको भिडियो निर्देशन गरिसेकी छिन् । गीतको शब्द र संगीतलाई ध्यान दिएर मात्र आफुले भिडियो तयार गर्ने भएकाले सबैले चर्चा पाएको उनको तर्क छ ।यसैक्रममा मिनाक्षीले नयाँ भिडियोको निर्देशन गरेकी छिन् । अञ्जु पन्तले आवाज भरेको ‘तिम्रो आँशुले बगाउँछ मलाई’ बोलको गीतको भिडियोमा मिनाक्षीको निर्देशन रहेको छ ।
यो गीतमा महेश खड्काको संगीत, निर्माता राई ‘परिवेश’ को शब्द समावेश छ । भिडियोमा नायिका निता ढुंगाना र रोशनको अभिनय छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, प्रकाश तुलाधरको सम्पादन हेर्न सकिन्छ ।
गीतको शब्द, स्वर र संगीत उत्कृष्ट भएकाले दर्शकले मन पराउने विश्वास निर्देशक कोइरालाको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं