मंसिरभित्रमा चुनाव नगराए रेग्मी नेतृत्वको सरकारलाई बर्खास्त गर्छौ : सापकोटा
१५ बैशाख, काठमाण्डौ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले मंसिरभित्रमा चुनाव नगराए खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारलाई बर्खास्त गर्ने चेतावनी दिनुभएको छ । उहाँले दलीय सहमतिमै चुनाव गराउनकै लागि रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी सरकार वनाइएकाले दलहरुकै सहमतिमा सरकारलाई बर्खास्त गर्ने चेतावनी दिनुभयो ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतवार पत्रकारहरुसंग कुराकानी गर्दै सापाकोटाले भन्नुभयो,’यो सरकार दलहरुकै सहमतिमा चुनावी प्रयोजनका लागि गठन गरिएको हो । यसले मंसिरसम्म चुनाव गराउन नसके दलहरुकै सहमतिमा हटाउँछौँ ।’ सापकोटाले सरकार आफ्नो मूल दायित्ववाट पछि हटेर कर्मचारी सरुवा तथा बढुवामा व्यस्त भएकाले निर्वाचनको वातावरण बन्न नसकेको आरोप लगाउनुभयो । उहाँले दलहरुले आफ्नो तर्फवाट चुनावको तयारी गरिसकेको तथा चुनावी प्रचारमा लागिसकेकाले निर्वाचन नभए त्यसको जवाफदेहिता सरकार आफै हुने वताउनुभयो ।
सापकोटाले सरकारकै कारण आमजनतामा निर्वाचन नहुनेमा शंका उब्जिएको आरोप लगाउनु भयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण व्यक्तिगत नभई राष्ट्रकै प्रतिनिधिको रुपमा भएको वताउनुभयो । उहाँले प्रचण्डले भारतमा रहँदा नेपाल, भारत र चीनवीचको त्रिदेशीय साझेदारीका विषयमा गम्भीररुपमा छलफल गर्ने वताउनुभयो ।
केन्द्रीय समिति वैठक स्थगित
यसैवीच एकीकृत माओवादीको आगामी जेठ २ गते बस्ने भनिएको केन्द्रीय समितिको वैठक स्थगित भएको छ । अध्यक्ष प्रचण्डको चीन र भारत भ्रमणका कारण केन्द्रीय समिति वैठकमा पेश गरिने एजेन्डा तय नभएकाले वैठक स्थगित गरिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार केन्द्रीय समिति वैठक आगामी जेठ ११ गते बस्ने छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं