सडकको धुलोले विगार्दैछ फोक्सो
३१ चैत, काठमाण्डौं । तपाई बिहान नुहाएर वा सफा लुगा लगाएर बाहिर निस्कनुभयो भने साँझ घर र्फकदा कस्तो अनुभव गर्नुहुन्छ ? जवाफ सहज छ, काठमाण्डौं उपत्यकामा बस्नुहुन्छ भने धुलैधुलो ।
एक बर्षयता सडक व्सितारका क्रममा भत्काइएका संरचनाका कारण उड्ने धुलो राजधानीका बासिन्दाको साझा समस्या बनेको छ । सडकको धुलोले शरीर र लुगामात्र फोहोर बनाउँदैन, फोक्सोमा गम्भीर किसिमका समस्या निम्त्याउँछ । वरिष्ठ चिकित्सकका अनुसार राजधानीमा निरन्तर उडिरहने धुलोको कण मान्छेको फोक्सोसम्म पुग्छ । धुलोको कणले फोक्सोमा एलर्जी गराउँछ । एलर्जीले फोक्सोमा संक्रमण गराउँछ । यही संक्रमणबाट दमलगायत श्वासप्रश्वाससम्बन्धी कडा रोग लाग्छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विज्ञ डा. करबीरनाथ योगीले भने, ‘सडकको धुलोले हाम्रो फोक्सो विग्रंदै गएको छ । धुलोका कारण फोक्सोमा दीर्घकालीन गम्भीर समस्या आउँछ ।’ फोक्सो बिगि्रएपछि दम, खोकी, ब्रोङकाइटिसलगायतका रोग लाग्ने उनले बताए । धुलोधुवाँकै कारण पछिल्ला दिनमा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढेको जानकारी पनि योगीले दिएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । उनले भने ‘उसै त काठमाण्डौं प्रदूषित छ । त्यसमाथि महिनौंसम्म सडकमा उडेको धुलोले फोक्सो कमजोर बनाउँदै गएको छ ।’
बरिष्ठ छाती रोग विज्ञ डा. दीर्घसिंह बम राजधानीमा देखिएको धुलोको समस्यालाई हल्का रुपमा लिन नहुने बताउँछन् । उनका अनुसार फोक्सो विगि्रएपछि दीर्घरोगी भएर बाच्नु वा मर्नुको विकल्प छैन् ।