गर्भमै हुनसक्छ बच्चालाई ब्लड क्यान्सर
वैज्ञानिकहरुले गर्भको बच्चामा समेत रक्त क्यान्सर अर्थात् ल्युकोमिया विकाश हुनसक्ने तथ्य पत्ता लगाएका छन् । दुइ जना जुम्ल्याहा बच्चाका जिनमा रहेको डिएनएको अध्ययनका क्रममा शोधकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । ती दुइ बच्चालाई ४ वर्षो उमेरमै रक्त क्यान्सर देखिएको थियो ।
बेलायतको इन्स्िटच्युट अफ क्यान्सर रिर्सचका शोधकर्ताहरुले मानव शरीरका करीब ३ अर्ब जिन्सका डिएनएको अध्ययनपछि यस्तो निष्कर्षनिकालेका हुन् ।
शोधमा संलगन वैज्ञानिकहरुले पछिल्लो नतिजाले क्यान्सरको उपचारमा नयाँ औषधीको खोज गर्न समेत मद्दत मिल्नसक्ने विश्वास व्यक्त गरेका छन् । विश्वमा रक्तक्यान्सरबाट पीडित हुनेमा सबैभन्दा धेरै बच्चा नै छन् ।
अध्ययनका क्रममा दुइजना क्यान्सर पीडित जुम्ल्याहा बच्चाको सरीरको रगत तथा बोनम्यारोको नमुनाको परीक्षण गर्दा वैज्ञानिकहरुले क्यान्सर पीडित बच्चामा अरु सामान्य बच्चाको तुलनामा एक जिनमा परिवर्तन आएको पाए । वैज्ञानिकहरुले एउटा जिनमा २२ थरी परिवर्तन आएको फेला पारे । उक्त जिनको नाम इटीबी ६ आरयूएनएक्सआइ हो । सोही बदलाबका कारण ती बच्चामा रक्तक्यान्सर देखा परेको ठम्याइ वैज्ञानिकहरुको रहेको छ । यसको आनुवंशिक परिवर्तन वच्चाहरुमा गर्भावस्थामै आएको र त्यसको असर पछिमात्र देखा परेको उनीहरुको भनाइ छ ।