खुमबहादुरलाई आममाफीको तयारी
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई गणतन्त्र दिवसको दिन जेठ १५ गते आममाफी दिने तयारी भैरहेको छ। काँग्रेस संगठनभित्र कार्यकर्ताहरुको र गत चैत्र २६ देखि २९ गतेसम्म त्रिवेणीमा सम्पन्न भएको महासमिति बैठकमा समेत नेता खड्कालाई आममाफी दिलाउनुपर्ने चर्को अवाज उठेपछि खड्कालाई राहत हुने बताइएको छ।
गत ०६९ भाद्र ६ गते भ्रष्टाचारको आरोपमा जेल परेका खड्का अख्तियारको कारागार सजाय जोडिए आगामी असारको अन्तिममा थुनामुक्त हुने नत्र भदौमा पुग्ने समाचार श्रोतले बतायो। हाल उच्चस्तरीय राजनैतिक संयन्त्रको अध्यक्षमा काँग्रेस सभापति सुशील कोइराला रहनु भएकाले अन्य तीन दलहरुसँग सहमति कायम गरी आममाफी दिने तयारी भएको बताइन्छ। नेता खड्काको आममाफीप्रति वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सकारात्मक रहेको काँग्रेस श्रोतले बतायो। नेता खड्का आममाफीमा परे आगामी निर्वाचनमा भाग लिन पाउने र काँग्रेसलाई ठूलो राहत मिल्ने समाचार श्रोतले बतायो। तथापी नेता खड्काले आगामी निर्वाचनमा आफूले भाग नलिई समानुपातिक कोटामा बस्ने र बाँके, बर्दिया, कपिलवस्तु, दाङ्ग, सर्लाही, नवलपरासी, चितवन र महोत्तरीको रेखदेख गरी काँग्रेसलाई विजय गराउन लागिपर्ने बताइएको छ। काँग्रेसको संगठन ‘नून खाएको कुखुरा झैं झोँक्राएको’ बेलामा खड्काको निर्देशन एवं सहयोगले कार्यकर्तापंक्तिमा उत्साह जागेको समाचार श्रोतले बतायो। हाल ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरु नेता खड्कालाई भेट्न डिल्लीबजार कारागारमा गएर आगामी निर्वाचनको बारेमा चासो राख्ने गरेको समाचार श्रोतले बतायो। त्यसैले काँग्रेस नेतृत्वले काँग्रेसलाई थप ऊर्जाशील बनाउन जसरी पनि आममाफी दिलाउनुपर्ने आवाज उठेको छ।
साभार: weeklynepal