अमेरिकी कुकुरलाई नेपाली छुर्पी !



१४ वैशाख, काठमाण्डौं । नेपालमा उत्पादित पस्मिना, तयारी कपडा र हस्तकलाका सामान अमेरिका जाने गरेकामा कुकरका लागि पनि छुर्पी निर्यात हुन थालेको छ । अमेरिकाका कुकुरका लागि नेपालको छुर्पी आहाराका रुपमा निर्यात हुन थालेपछि मूलय बढेको छ ।

अमेरिकीले इलाम र पाँचथरका सीमावर्ती क्षेत्रका उद्योगबाट बर्षेनी घरपालुवा कुकुरका लागि छुर्पी लैजाने गरेका छन् । पाँचथरको प्राङबुङ र मेमेङबाट कुकुरका लागि छुर्पी निर्यात हुँदै आएको छ ।

सन् २००६ मा प्राङबुङको भैंसेपोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले उत्पादित छुर्पी अमेरिका पठाउँदै आएको छ । अमेरिकाबाट कुकुरको आहाराका लागि छुर्पी माग बढेपछि उद्योगले हाल प्राङबुङ र मेमेङमा १० वटाभन्दा बढी उद्योगका शाखा खोलिसकेको खबर नयाँ पत्रिकाले छापेको छ ।

इलामको जमुना र माइमझुवामा डेरी उद्योगले कम चिल्लोयुक्त छुर्पी उत्पादन गर्न थालेका छन् । छुर्पीको माग बढेसँगै मूल्यमा समेत वृद्धि भएको छ । एक बर्षअघि प्रतिकिलो २ सय ८० रुपैयाँमा बिक्री हुने छुर्पीको मूल्य अहिले प्रतिकिलो ५ सय रुपैयाँ पर्न थालेको छ ।