नियम कडा भएपछि । बेचेका चेली दलालले आफैं फर्काउन थाले
नुवाकोट १३ वैशाख । चेलीबेटी बिचविखनमा संलग्न दलालहरुलाई प्रहरीले पक्रेर मुद्दा चलाउन थालेपछि अन्य दलालहरुले बेचेका चेली आफैं फर्काउन थालेका छन । चेलीबेटी बेचविखनको समस्या कम हुँदै गएपनि बेचीएका चेली फर्काउन प्रहरीले सक्रियता देखाएपछि दलालहरुले आफैं बेचीएका चेली फर्काउन थालेका हुन ।
चेलीबेटी बेचविखन मुद्दामा दलालहरुबिरुद्ध प्रहरीमा मुद्दा पर्न थालेपछि नुवाकोट जिल्लामा पछिल्लो समय प्रहरीको पञ्जाबाट बच्न खोज्दै दलालहरुले बेचेका चेली फर्काउन थालेका हुन । आफु बिरुद्ध चलेका मुद्दा कमजोर बनाएर उम्कन बेचीएका चेलीका आफन्त समेतलाई मनाउन खोज्दै चेली फर्काएका हुन ।
बेचबिखनमा संलग्न दलालहरुको सञ्जाल नै बनेको र एकअर्कालाई प्रहरीले समात्दा उनीहरु मार्फत बेचिएका चेलीलाई झिकाउने गरिएको पाइएको नेपाल समाचारपत्रमा खवर छ । यसरी कोठीबाट फर्काइएका चेलीलाई विभिन्न प्रलोभनमा पारेर प्रहरी तथा अदालत सामू ‘मलाई उसले बेचेको होइन, उसको कुनै पनि संलग्नता छैन र दोषीलाई म चिन्दिनँ,’ जस्ता भनाई दलालहरुले राख्न लगाउने गरेको बेचबिखन विरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।