लडाकू शिविरको अनियमितताको महालेखा परीक्षकले छानविन गर्ने

३० चैत, काठमाडौं । शिविरमा भएको अनियमिताको छानविन हुने भएको छ । विशेष समितिको शुक्रबार बसेको बैठकले महालेखा परीक्षकको कार्यालयलाई छानविन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिको निर्णयमा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेपनि माओवादी नेता वर्षमान पुन अनन्तले नोट अफ डिसेन्ट लेख्नु भएको छ । लडाकू शिविरमा भएको खर्च सरकारी निकायबाटै भएको भन्दै उहाँले छानविनले अविश्वासको वातावरण बनाउने बताउनु भयो ।

विशेष समितिको बैठकले समायोजन रोजेर पनि अवकासमा जान चाहने ४७ लडाकूलाई २ लाख ५५ हजारका दरले रकम दिएर विना गर्ने निर्णय गरेको छ । विशषे समितिले शान्ति प्रक्रिया टुङ्गएिको निष्कर्ष निकालेको छ । आजबाट विशेष समिति र सचिवालय नरहने सदस्य मिनेन्द्र रिजालले जानकारी दिनुभयो । लडाकू समायोजनमा आवश्यक समन्वय गर्न सचिवालय संयोजक वालानन्द शर्मालाई समन्वयकर्ता तोकिएको छ ।