कलियुगकी पार्वतीको तपस्या चार वर्ष बिहे नगर्ने
पार्वती राई नयाँ वर्षको सुरुवाती समय भएकाले सबैले आफ्ना योजना र संकल्प सुनाउन थालेका छन्। लोकदोहोरी गीतमा नृत्यांगनाका रूपमा एकछत्र राज गरिरहेकी पार्वती राईले पनि नयाँ वर्षमा केही नयाँ काम गर्ने योजना बनाएकी छिन्। गाडी चलाउन सिक्ने, स्विमिङ सिक्ने, फिल्म खेल्ने र दामी आइटम डान्स गर्ने।
अबका चार नयाँ वर्षमा नगर्ने काम हो, बिहे। त्यो पनि आफ्नै मर्जीले भए त हुन्थ्यो नि।कलियुगकी पार्वतीकै भाषामा यी योजना पूरा गर्नका लागि सक्दो तपस्या गरिरहेकी छिन्। तर, उनले नयाँ वर्षमा गर्ने नयाँ कामभन्दा नगर्ने काम चाँडो भन्छिन्। उनले यो नयाँ वर्षमा मात्रै होइन, अबका चार नयाँ वर्षमा नगर्ने काम हो, बिहे। त्यो पनि आफ्नै मर्जीले भए त हुन्थ्यो नि। ज्योतिषले ‘चार वर्षभित्र बिहे गर्यो भने दुःख पाइन्छ’ भनेका छन् रे। वर्तमान अवस्थामा ब्वाइफ्रेन्डविहीन बताउने नृत्यगांनालाई बिहे गर्न रहर जाग्ने उमेरमै ज्योतिषले रोकिदिएछन्। बैँसको लालिमाले धपक्क बलेकी कलियुगकी पार्वतीलाई मन बाँधेर बस्नु पनि ठूलै तपस्याजस्तो भएको होला।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं