विद्यालयमा खानेपानीको उचित व्यवस्था नहुँदा विद्यार्थी काकाकुल हुन थाले
आरपी सुवेदी
१४ वैशाख, नेपाल गञ्ज । गर्मी बढ्दै जाँदा विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीहरु काकाकुल हुन थालेका छन । बाँकेको सुदूर पूर्वको खासकुस्मा-६ भवानियाँपुरमा रहेको सति भवानी निमावि भवानियाँपुरका यी बालबालिकाको अवस्था नाजुक छ ।
बैशाखको प्रचण्ड गर्मीमा पानीको लागि विद्यार्थीहरु काकाकुल भएर भौतारीनु पर्ने अवस्था बाँकेका विभिन्न विद्यालयहरुको समस्या नै बनेको छ । राप्ती नदिबाट झण्डै २ किलोमिटर दक्षिणमा रहेको सो स्थानमा कुवा पनि गर्मीयाममा सुक्ने भएकोले पानीको लागि समस्या हुने स्थानीयबासीन्दाको भनाई छ ।
स्थानीय ढोल्ले खोलाको छहराबाट सञ्चित गरी ल्याईएको पानीले गाउँलाई नै अपुग हुने भएपछि विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु खानेपानीको लागि विद्यालयबाट झण्डै ४ सय मिटरको दुरीमा रहेको यो सार्वजनिक धारोमा पानी खान धुईरो लाग्ने गरेको स्थानीय जीता केसीले जानकारी दिनुभयो ।
गाउ र विद्यालयको बीचमा ढोल्ले खोला पर्ने भएकोले सो खोलाको कारणले विद्यालयमा पानीको धारा पुर्याएको भएपनि उकालो भएको कारण पानी पुर्याउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज भण्डारीले बताउनु भयो ।
उहाँले गर्मीको बेलामा विद्यार्थीहरुलाई पानीको अभाव हुने गरेको समस्या भएको बताउनु हुन्छ । प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ८ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा झण्डै ३ सय विद्यार्थी पढ्ने गरेको विद्यालयका प्रधानाध्यापक धिरबहादुर थापाले जानकारी दिनुभयो ।

source:onlinekhabar.