एमाले यस्तै रहेछ, माओवादी फटाहा, मधेसवादीको त के कुरा : पौडेल
बालकृष्ण अधिकारी, परासी, चैत २७ - नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरेका छन्। नवलपरासीको सदरमुकाम परासी बजारमा सोमबार महासमिति बैठक उद्घाटन गर्दै उनीहरूले निर्वाचनको विषयमा दुविधा नराखी तयारीमा जुट्न नेता-कार्यकर्तालाई निर्देशन दिए। असारमा चुनाव हुने सम्भावना कम रहेको तर मंसिरमा जसरी पनि हुने उनीहरूको दाबी थियो।
'हामी त असारमै निर्वाचन गर्नुपर्छ भन्नेमा छौं, भएन भने मंसिरमा हुन्छ,' बैठक उद्घाटनपछि सभापति सुशील कोइरालाले भने, 'चुनावबाहेक अर्को कुरा छैन।' खिलराज रेग्मी नेतृत्वको बचाउ गर्दै उनले वर्तमान सरकार तानाशाह बन्न नसक्ने दाबी गरे। 'बरु बाबुराम भट्टराईकै सरकार रहिरहेको भए मुलुक तानाशाहीतर्फ उन्मुख हुन्थ्यो,' उनले भने।
कांग्रेसले जनताको शिर निहुराउने कुनै काम नगरेको दाबी उनको थियो। 'अरुले बन्दुक पड्कायो भनेर कांग्रेस तोप पड्काउने पार्टी होइन। जनतासामु जे भन्छ, त्यही गर्छ,' माओवादीले झुठको खेती गरेको उनको आरोप थियो।
केन्द्रमा कुनै विवाद नरहेको बताउँदै कोइरालाले जिल्ला तहको विवाद जिल्लामै समाधान गर्न आग्रह गरे। 'हामी तीन त मिलेकै छौं,' उनले भने, 'समस्या त तपार्इंहरूमा छ मिलाउनुहोस्। पार्टी अघि बढाउने जिम्मा तपाईंहरूको पनि हो।'
सभापति कोइरालाले निर्वाचनका लागि प्रत्येक क्षेत्रबाट सम्भावित उम्मेदवारमा एक जनाको मात्र नाम सिफारिस गर्न स्थानीय नेतृत्वलाई सुझाव दिए। 'मिलाएर एक जनाको नाम पठाउनुहोस्। माथि आएपछि फलानो र तिलानोको भन्ने हुन्छ,' उनले आग्रह गरे, 'टिकट बाँडेपछि एकले अर्कालाई हराउनपट्टि नलाग्नुहोला। '
कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवा एकीकृत माओवादी र मधेसवादी दलहरूमाथि खनिए। एकीकृत माओवादीले जनताको नाममा लुटतन्त्र मच्चाएको उनको आरोप थियो। 'माओवादीको अब स्पष्ट चेहरा आएको छ। प्रचण्ड एक वर्ष र बाबुराम भट्टराईले डेढ वर्ष सरकारको नेतृत्व गर्नु भयो। उहाँहरू आफैंले प्रस्तुत गरेको ४० बुँदे मागमध्ये एउटा पनि पूरा भएन,' उनले भने, 'मारकाट र जनताको नाममा लुट्ने काम मात्र भयो।'
मधेसी दलहरूले मधेसका नाममा लुट मच्याइरहेको आरोप देउवाले लगाए। 'जनता यो देशका मालिक हुन्,' उनले भने, 'निर्वाचनमा हराएर सजाय र जिताएर पुरस्कृत गर्ने अधिकार जनतालाई नै छ।' गत संविधानसभा निर्वाचनमा जनताले हराएर आफूहरूलाई दण्डित गरेको उनले स्वीकारे। कांग्रेसले जिते मात्र लोकतान्त्रिक संविधान निर्माण हुने र मुलुक दक्षिण एसियाकै धनी देश बन्ने उनको विश्लेषण थियो। 'कांग्रेस ठूलो दल बने सबैलाई लोकतन्त्रको बाटोमा ल्याउन सकिन्छ,' समावेशी लोकतन्त्रका लागि कांग्रेस बलियो हुनुपर्ने उनले बताए।
प्रधान न्यायाधीश नेतृत्वमा सरकार गठनपछि उत्पन्न आशंका जायज भएको बताउँदै नेता देउवाले छिटो निर्वाचन गरेर वर्तमान सरकारलाई हटाउनु पर्ने धारणा राखे। 'बिचरा खिलराज रेग्मी कसरी तानाशाह बन्छन्? माओवादी त सकेनन्,' उनले भने, 'छिटो चुनाव गराउँ, यो सरकार गइहल्छ।' कांग्रेसको जन्मथलो मधेस भएकाले मधेसी जनताको मनभावना बुझेर पार्टीले नीति बनाउने उनले जनाए। 'कांग्रेसले आज पनि मधेसलाई महŒव दिएको छ, हामी मधेसविरोधी होइनौं,' उनले भने।
उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी र मधेसवादी दलले रंगीन सपना बाँडेर जनता अल्मल्याएको आरोप लगाए। 'आफूलाई मुक्तिदाता भन्दै रंगीन नारा दिएर जनतालाई धोका मात्र दिए,' उनले भने, 'माओवादीको झुटको राजनीतिले देश र जनताले धेरै दुख पाए। अब यसको अन्त्य हुनु पर्छ।'
पौडेलले माओवादी मात्र होइन, सम्पूर्ण कम्युनिस्टलाई एउटै घान हालेर उछितो काढे। 'कम्युनिस्टसँग समस्या मात्र छ, समाधान छैन,' पौडेलले भने, 'एमाले यस्तै रहेछ। माओवादी झन् फटाहा रहेछ। मधेसवादीको त के कुरा, मधेसको नाममा लुटतन्त्र मच्चाएका छन्।'
उपसभापति पौडेलले कांग्रेसलाई जिताए मात्र लोकतान्त्रिक संविधान सुनिश्चित हुने दाबी गरे। 'संविधानसभामा कांग्रेस हार्योत, संविधानसभा पनि हार्योस,' उनले भने। अघिल्लोपटक अघिल्लो दिनसम्म निर्वाचनप्रति दुविधा राखेकाले पराजय भएको सुनाउँदै पौडेलले भने, 'चुनावलाई अविश्वास गरे पहिलेजस्तै हार हुन्छ, चुनावको बैतरणी कसरी तर्ने? त्यसमा नै सबै लागौं।' महासमिति बैठकले संघीयता र शासकीय स्वरूपमा स्पष्ट नीति लिएर जनता माझ जाने उनले बताए। कांग्रेस संघीयताविरोधी नरहेको तर सबैलाई समेट्ने र टिक्ने संघीयताको पक्षमा रहेको उनले उल्लेख गरे।
प्रधान न्यायाधीश नेतृत्वको सरकारप्रति आशंका नगर्न आग्रह गर्दै पौडेलले माओवादीलाई नेतृत्वको सरकारबाट हटाएर मुलुकमा लुटतन्त्र रोक्न कांग्रेस सफल भएको दोहोर्याहए। असारमा नभए मंसिरमा जसरी पनि निर्वाचन हुने दाबी गर्दै उनले हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे।
महामन्त्री प्रकाशमान सिंहले परिर्वतनको नेतृत्व कांग्रेसबाट मात्र सम्भव रहेको दाबी गरे। अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादी निर्वाचनबाट भाग्न खोजेको तर नत्थी लगाएर ट्रयाकमा ल्याउने दाबी गरे। 'पराजित हुने देखेपछि उनीहरू निर्वाचनमा जान खुट्टा कमाइरहेका छन्,' उनले भने, 'पहिलेजस्तो छुट अब माओवादीले पाउने छैन। नत्थी लगाएर भए पनि निर्वाचनमा ल्याएरै छोड्छौं।'
कोषाध्यक्ष चित्रलेखा यादवले संविधानसभाबाट संविधान नबनेको जिम्मेवारी एकीकृत माओवादी र एमालेले लिनु पर्ने बताइन् भने पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसले राष्ट्रियता र लोकतन्त्रको जगमा नयाँ संविधान लेख्ने बताए। 'गणतन्त्र, संघीयता, समावेसी, धर्म निरपेक्षता र मिश्रित निर्वाचन प्रणालीलाई नयाँ संविधानमा लेख्न चाहन्छौं,' निधिले भने। उद्घाटन समारोहअघि कांग्रेस नेता-कार्यकर्ताले परासी बजार जुलुससहित परिक्रमा गरेका थिए। सोमबार मात्र परासी आइपुगेका अधिकांश महासमिति सदस्य भने चर्को घामका कारण कार्यक्रमस्थलमा नपसी आसपासका पसलमा बसेका थिए।
महासमिति उद्घाटन सत्रमै सभापति कोइरालाले तीन थान हतियार प्रमुख जिल्ला अधिकारीलाई कोइरालाले बुझाए। भूमिगत गिरोहमा लागेका व्यक्तिले पार्टी प्रवेशका क्रममा बुझाएको हतियार उनले हस्तान्तरण गरेका हुन्।
महासमिति बैठकको बन्दसत्र मंगलबार बिहान ९ बजे सुरु हुनेछ। १३ सय ३८ महासमिति सदस्य सहभागी बैठक बिहीबारसम्म चल्ने छ भने चार प्रस्तावमा छलफलको कार्यक्रम छ। यसअघि महासमिति बैठकको उद्घाटन समारोहका लागि मञ्च बनाउँदै गर्दा करेन्ट लागेर घाइते भएका तीनमध्ये स्थानीय विनोद कँडेलको मृत्यु भएको छ। दुईको उपचार भइरहेको छ।