चिनियाँ प्रयोगकर्तासँग एप्पलले माफी माग्यो
एप्पलले चिनिया प्रयोगकर्तासँग माफी मागेको छ । एप्पल कम्पनीका प्रमुख टिम कुकले चिनिया प्रयोगकर्तासँग माफी मागेका हुन् । चीनको राष्ट्रिय मिडियाले एप्पललाई छुच्याइँ गरेको तथा आफ्नो छवि गिराएको जस्ता आरोप लगाएपछि कुकले माफी मागेका हुन् । चीनको दुइहप्ते मिडिया अभियान एप्पलको सुधार नीतिमा केन्दि्रत थियो ।
एप्पलको चिनिया वेबसाइटमा प्रकाशित कुकुको विज्ञप्तीमा भ्रमवश चिनिया प्रयोगकर्तामा एप्पल घमण्डी रहेको भन्ने धारणा उब्जिएको बताएका छन् । उनले आइफोन फोर र आइफोन फोर एसको मर्मत नीतिमा सुधार गर्ने तथा वारेन्टी जानकारीमा सुधार गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
‘हामी संचारको अभावबारे सचेत छौँ । यही संचारकै अभावमा हामी ग्राहकप्रति गैर जिम्मेबार रहेको र ग्राहकका पृष्ठपोषणमा ध्यान नदिने गरेको भन्ने भ्रम परेको छ’, कुकले भनेका छन् । ‘हाम्रा ग्राहकमा परेको यस्तो भ्रमप्रति हामी क्षमा माग्छौँ ।