सर्वोच्चको आदेशः रेग्मीले मन्त्रीपरिषद अध्यक्ष हुँदा प्रधानन्यायाधीश भन्न नपाउने

चैत्र ५ – अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले मन्त्रीपरिषदको अध्यक्ष हुँदासम्म प्रधानन्यायाधीशको जिम्मेवारीबाट हट्नुपर्ने अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले चैत्र १ गते दायर गरेको रिटमा आज अदालतले फैसला सुनवाई गर्दै रेग्मीले प्रधानन्यायाधीशको हैसियतमा कुनै काम गर्न नपाउने फैसला गरेको हो ।



सर्वोच्चका न्यायाधीश गिरिसचन्द्र लालको एकल इजलासले उक्त रिटको फैसला गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेशका साथै अन्तरिम आदेशसमेत जारी गरेको हो ।

सर्वोच्चले फैसलामा रेग्मीले मन्त्रीपरिषदको अध्यक्षका रुपमा मात्रै काम गर्नुपर्ने फैसला सुनाएको छ ।

रेग्मी मन्त्रीपरिषदको अध्यक्ष रहेसम्म प्रधानन्यायाधीशको जिम्मेवारीबाट मुक्त हुनुपर्ने फैसलामा उल्लेख छ ।