२० फागुन, काठमाण्डौं । सहरी विकास मन्त्रालयको अनुगमनमा उपत्यकाभित्र निर्माण सम्पन्न अधिकांश व्यसायिक भवन भंवनसंहिता मापदण्ड विपरीत देखिएका छन् । ठूला ठूला व्यावसायिक भवनसमेत पास गरेको नक्सा भन्दा फरक पाइएको महाननगरपालिकाका कार्याकारी अधिकृत केदारबहादुर अधिकारीले बताए । ‘अस्पताल, विद्यालयलगायतका संवेदनशील भवनसमेत मापदण्डविपरीत देखिए’ उनले भने, ‘उपत्यकाका ९० प्रतिशत भजन संहिता र नक्सापासविपरीत बनेका छन् ।’ मन्त्रालयको निर्देशनमा सहरी विकास तथा भवन निर्माण विभागले दुईसातादेखि काठमाण्डौं, ललितपुर र भक्तपुरका व्यावसायिक तथा आवासीय भवन अनुगमन गरिरहेको छ । महानगरपालिका र विभागले संयुक्त रुपमा अनुगमन गर्न थालेको डिभिजन कार्यालय काठमाण्डौंका प्रमुख शिवहरि शर्माले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा विभागले ठूला व्यवसायिक भवन, अस्पताल र आवासीय भवनको अनुगमन गरिरहेको छ । ‘भवन निर्माणकर्ताले नक्सा पासअनुसार निर्माण गरेको छ या छैन र स्वीकृति दिने निकायले नियमअनुसार स्वीकृति दिएको छ कि छैन भन्ने विषयमा अनुगमन गरिरहेका छौं,’ उनले भने ‘अनुगमन रिपोर्ट आएपछि जसले गल्ति गरेको छ, उसलाई कारबाही हुन्छ ।’ पहिलो चरणमा न्यरोड गेटदेखि परोपकारसम्म, थापाथली चोकदेखि पुतलीसडकसम्म र माइतीघरदेखि मीनभवनसम्म निर्माण भएका व्यावसायिक भवनको नक्सा अनुगन भइरहेको खबर कारोबार दैनिकले छापेको छ ।
उपत्यकाका ९० प्रतिशत घर मापदण्ड विपरीत


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं