के छापियो बुधबारका दैनिक पत्रिकामा ?
आज मिति २०६९ साल फागुन महिनाको २३ गते बुधबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने विषयको प्याकेजभित्रका चारवटा विबादित विषयबारे प्रमुख दलहरु करिब सहमति नजिक पुगेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै ७ महिनामै सार्वजनीक सवारीसाधनको भाडा बढाइएको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताबासाथ छापेका छन् ।

