सामुहिक बलत्कारमा संलग्न दुई जनालाई १३ बर्ष कैद सजाय
मनिषा अवस्थी
२२ फागुन, बैतडी । जिल्ला अदालत बैतडीले एक किशोरीको सामुहिक बलत्कारको अभियोगमा पक्राउ परेका २ जनालाई १३ वर्ष कैदको फैसला सुनाएको छ । अदालतका न्यायाधीश हिमालय राज पाठकको एकल इजलाशले एक किशोरीलाई सामुहिक बलत्कारको आरोपमा पक्राउ परेको एक वर्षपछि गुजर-३, का २८ बर्षीय अमरराज अवस्थी र भुमेश्वर-२, का सागर भट्टलाई १३ बर्षको जेल सजाय सहित जनहि ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार खेम नारायण लामिछाने जानकारी दिनुभयो । जिल्लाको पाटन गाबिसमा गत चैत्र ९ गते कैलपाल-२, कि एक किशोरीलाई फोटो स्टुडियो भित्र उनिहरुले सामुहिक बलात्कार गरेका थिए । फैसलासंगै अभियुक्तहरुलाई मंगलवार नै जिल्ला कारागार बैतडी चलान गरिएको छ ।
