बुहारी र नातीको मृत्युको खबरले बुद्धरानीको पनि मृत्यु
६ चैत, ताप्लेजुङ । आफ्नी बुहारी र नाती मृत भेटिएको खबर सुनेर ताप्लेजुङ साँवाकी एक वृद्धाको पनि अचानक ज्यान गएको छ । बुहारी र नाती मृत भेटिएको खबर सुनेको केही समयपछि सासु बुद्धरानीको पनि ज्यान गएको स्थानीय मंगलसिंह साँवाले जानकारी दिएका छन् ।
एउटै घरका ३ जनाको मृत्यु भएको यो क्षेत्रमा सोही घरका १० महिनाका एक शिशु भने बेपत्ता रहेका छन् । साँवा गाविसको दलैंचाका -३८ वर्षीय कमला लिम्बु र उनका ५ वर्षीय छोरा हिजो बिहान मेवा खोलामा तैरिईरहेको अवस्थामा फेला परेका थिए । कमलाका १० महिनाका एक शिशु भने बेपत्ता रहेका छन् ।
स्थानीयका अनुसार कमलाले आफ्ना ५ वर्षीय र १० महिनाका शिशुलाईसँगै लगेकी थिइन् । १० महिनाका शिशुको अवस्था भने अज्ञात रहेको छ । स्थानीयहरुले कमलाले आफ्ना सन्तानका साथ आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले भने घटना बारे अनुसन्धान जारी रहेको भन्दै शवको पोष्टमार्टमपछि मात्रै विस्तृत जानकारी बाहिर आउने बताएको छ ।
घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ । कमलाका श्रीमान् लालबहादुरको भने १५ महिना अघि नै मृत्यु भएको थियो । उनका ८ र १० वर्षका २ छोराहरु घरमै छन् । आमाछोराको शव ५ मिटरको फरकमा खोला छेउमा तैरिइ रहेको अवस्थामा फेला परेको र शिशुको अवस्था पत्तो लाग्न नसकेको प्रहरीको भनाइ रहेको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं