गृहलाई होली लाग्यो (विज्ञप्तिसहित) जथाभावी लोला हान्नेलाई कार्वाही

६ चैत, काठमाडौं । फागु पूणिर्मा अर्थात होली आउन अब एक हप्तामात्र बाँकी छ । पहिलेका वर्षहरुमा होलीको १०/१५ दिन अघिदेखि नै सडकमा हिँड्न सकिन्नथियो । केटाकेटी र युवाहरुले पानी छेपेर हैरान बनाउँथे । अझ किशोरी र महिलाहरुलाई बढी समस्या हुन्थ्यो । दुई वर्ष अघिदेखि भने यो प्रवृत्ति केही घटेको छ ।

जथाभावी लोला र पानी हान्नेलाई प्रहरीले पक्रन थालेपछि होलीको नाममा हुने उच्छृँखल क्रियाकलाप घट्न थालेको हो । आउँदो १३ गते पहाडका जिल्ला र १४ गते तराईका जिल्लामा मनाइने होलीको अहिलेसम्म संकेत देखिएको छैन । सडकमा मज्जाले हिँड्न सकिन्छ । कसैले पानी र लोला हान्न थालेको छैन ।

तर यस्तो उच्छृँखल क्रियाकलाप हुन सक्ने भन्दै सरकार सजक भएको छ । होली आउनु एकहप्ता अघि नै गृहमन्त्रालयले विज्ञप्ती निकालेर इच्छा विपरीत लोला र पानी हान्नु कानुन विपरीत हुने भन्दै यस्तो नगर्न आग्रह गरेको छ । यसो गरेको पाइएमा कानुन अनुसार कार्वाही हुने भन्दै गृहमन्त्रालयले सबैलाई सचेत गराएको छ । गृहमन्त्रालयले निकालेको विज्ञप्ति पढ्नुहोस्