प्रेम दिवसमा झुन्डिएर विवाह!! हेर्नुहोस्

आज फेब्रअरी १४ अर्थात प्रेम दिवस । प्रेम दिवसका अबसरमा बिश्वभर बिभिन्न औपचारिक कार्यक्रम गरि प्रेमजोडीहरुले प्रेम प्रकट गर्छन् ।

आजभोली त प्रेम दिवसमा अनौठो तरिकाले प्रेम प्रकट गर्ने होडबाजी नै चलेको छ । यसै मेलोमा थाइल्याण्डमा बुधबार एक सहासिक बिबाह कार्यक्रम आयोजना गरियो । एडभेन्चर थिम म्यारिज नाम दिइएको यो बिबाह समारोहमा जोडीहरुले बिभिन्न अनौठो र साहसिक तरिकाले प्रेम प्रकट गरे ।

यो हो प्रसित राङसित्वाङ (बायाँ) र भुरुत्तोन राङसित्वाङ (दायाँ) को जोडी । उनीहरुको जोडीमाथि ठूलो क्रेनको माध्यमले ठूलो पुष्पगुच्छा फालिंदै छ । त्यसबाट बच्न यो जोडी बेजोडले कुदिंरहेको छ ।

यी हुन सोपोन तापोताङ र उनकी दुलही चुतुमा तापोताङ । डोरीमा सयौं फिट माथि डोरीमा झुण्डिएर उनीहरुले फूल साटे, चुम्बन गरे र आकाशमै बिबाह पनि गरे ।



सहासिक बिबाह थिमको समारोहमा सहभागी यो अर्को जोडी । सोर्नवीच र रङनापा चाङटर तलाउमा भाग्दै प्रेम प्रर्दशन गर्दैछन् । थाइल्याण्डको प्राचिनबुरी प्रान्तमा आयोजित यो बिबाह महोत्सव निकै रमाइलो सहासिक थियो । महोत्सवमा यी तीन जोडी सहभागी थिए ।