ग्याँसको मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन
काठमाडौ, फागुन २ – सरकारले ग्याँसको मूल्य बढाएको विरोधमा बिभिन्न विद्यार्थी संगठनले काठमाडौमा प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले बुधबार विहान ९ बजेदेखि काठमाडौको बिभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन र एक घण्टा चक्काजाम गरेका छन् ।
उनीहरुले सरकारले ग्याँसको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन गरिरहने बताएका छन् ।