जापानमा तिन जनालाई झुण्ड्याएर मृत्युदण्ड दिइयो
जापानमा व्यक्ति हत्याको अभियोगमा सजाय भोगीरहेका तीन जनालाई आज झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । शिन्जो आबे प्रधानमन्त्रीमा निर्वाचित भएपछि दिइएको यो पहिलो मृत्यु दण्डको घटना भएको जनाइएको छ । जापानको न्याय मन्त्रालयले घटनाको पुष्टि गर्दै तीनै जना व्यक्ति हत्याका आरोपी भएको जनाएको छ ।
जापानमा सन् २०१२ को सेप्टम्बरपछि यो पहिलो मृत्यु दण्डको घटना बनेको पनि समाचारमा जनाइएको छ । मानवअधिकारवादी संगठनहरुले भने मृत्युदण्डको निन्दा गरेका छन् । जापानमा अझै पनि १ सय ३० जना बन्दी मृत्यु दण्डको सजाय पाएका रहेको जनाइएको छ ।