दुई छोरीलाई विषादी खुवाएर हत्यापछी आफु पनि पासो लगाएर आत्मा हत्या!

आमा र दुई छोरीको शव जंगलमा

-दीपक ओली

कैलाली, २८ माघ । कैलालीमा एक जना महिलाले मानसिक सन्तुलन गुमाएका पति र पोलियोले खुट्टा नचल्ने छोरीको उपचार गर्न नसके पछि दुई छोरीसहित ज्यान दिएकी छन् ।

पति र छोरीको उपचार गर्न नसके पछि दुई नाबालक छोरीको हत्या गरेर आमाले झुण्डिएर शनिबार ज्यान दिएकी हुन् । जानकारीनगर–५, खगौराकी ३५ वर्षीया लक्ष्मी चौधरीले दुई छोरीलाई विषादी सेवन गराई आफू रुखमा झुण्एिर ज्यान दिएको प्रहरी निरीक्षक सुदाव रावलले जानकारी दिए । मृत्यु हुनेमा ११ वर्षीया छोरी बिष्णु र ५ वर्षीया छोरी बिन्दु चौधरी रहेका छन् । जानकीनगर घर भएकी लक्ष्मीले शनिबार जोशीपुर–३, बञ्जरियागाउँ नजिकैको खैरेनी जंगलमा दुई छोरीलाई विषादी खुवार हत्या गरेकी हुन् ।

छोरीहरुलाई विष सेवन गराएर हत्या गरेपछि आफूले पनि खयरको रुखमा झुण्डिएर ज्यान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आज विहान जंगलमा घाँस, दाउरा र गोठालो गएका स्थानीयले तीन वटा शव बेवारिसे अवस्थामा देखेर पछि प्रहरीलाई खबर गरेका थिए । ‘बालिकाको शवसँगै अंगुर र दुई डिब्बा किटनाशक लेखिएको विषादी पनि भेटिएको छ,’ रावलले भने, ‘घटनाको प्रकृति हेर्दा लक्ष्मीले सुरुमा छोरीहरुलाई अंगुरमा विषादी मिसाएर खुवाएर पछि आफूले पासो लगाएको देखिन्छ ।’

बिगत एक वर्षदेखि मानसिक सन्तुलन गुमाएका पति जोखन चौधरीको उपचार गराई रहेकी लक्ष्मीले पतिलाई ठीक नभए पछि बिरक्तिएर छोरीसहित आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
लक्ष्मीले शनिबार दिउँसो पोलियो कारण दुबै खुट्टा चलाउन नसक्ने जेठी छोरी बिष्णुको खुट्टा झारफुक गराउन भन्दै अर्की सानी छोरीलाई पनि साथ लिएर जंगल गएकी थिईन । source : souryadaily