आजको राशिफल, २०६९ फागुन १८ गते शुक्रबार

आज मिती २०६९ साल फागुन १८ गते शुक्रवार, तदअनुसार मार्च महिनाको १ तारिख २०१२, चतुर्थी तिथीको राशिफल यस प्रकार छ ।




मेष (चू चे चो ला ली लु ले लो अ)
पुरानो रोकिएर बसेको धन प्राप्ती हुने देखिन्छ तर आज आफ्नो बोली तथा रिसलाई आफ्नो काबुमा राख्नु पर्ने देखिन्छ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
स्वास्थ्यमा केही गडबडि आउने देखिन्छ सजग रहनुहोला। नयाँ योजनाको श्री-गणेश हुने देखिन्छ भने पारिवारिक बातावरण पनि सौहार्दपूर्ण रहनेछ।

मिथुन (का कि कु घ ङ छ के को हा)
ब्यापार ब्यवसाय मध्यम खाल्को रहनेछ। भुमी तथा आर्थिक कारोबारमा राम्रै लाभ हुने देखिन्छ। बुद्धिमानीले समाजमा सराहना हुनेछ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक सम्बन्धी कार्यमा सफलता मिल्नाले म प्रशन्न रहनेछ। सुखद भविस्यको सपना साकार हुनेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
जोखिमपूर्ण काममा निक्कै सोच बिचार गरेर मात्रा हात अगी बढाउदा राम्रो हुनेछ। तपाईंको बिचारको साकरात्मक तथा आशातित परिणाम मिल्नेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
ब्यापार ब्यवसायमा मन्द लाभ रहेपनि मन प्रशन्न रहनेछ। रोकिएर बसेको पैसा मिल्ने देखिन्छ।

तुला (र री रु रे रो ता ती तू ते)
नयाँ ब्यापार-ब्यवसाय सम्बन्धी प्रस्ताब आउने देखिन्छ। तपाईंको योजना अनुरूप कार्यन्वायन हुनेछ तर आज परिवारको बिषयमा केही चिन्ता रहनेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
मित्रजन तथा साथीभाईको सहयोगले आफन्तको सम्स्या समाधान हुनेछ।

धनु (य यो भा भी भू ध फा ढ भे)
आज बिशेष कामलाई स्थगित राख्नु नै उचित देखिन्छ। आज बिरोधीहरुको सास्ती खेप्नु पर्ने देखिन्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
दाम्पत्य जीवनमा सुख छाउने हुँदा मन खुस हुनेछ। स्थाइ सम्पत्ति खरिद गर्ने कुरामा हतार नगर्दा नै राम्रो रहेकोछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
कार्य क्षेत्र वा कार्यालयमा पनि मान्-सम्मान बढ्ने देखिन्छ। समाजमा प्रतिस्ठा बढ्ने छ साथै कुनै उपहार मिल्ने सम्भावना रहेकोछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
जीवन साथी सँगको मत्भेदले मानसिक तनाब बढ्ने छ। अधिक प्ररिश्रमको फल तुलनात्मक रूपले मिल्नेछ।