झन्डै बेचिएनन ४ युवती ! हेर्नुहोस् भिडियोसहित समाचार

झन्डै बेचिएनन ४ युवती (मानव तस्करीको अबैध धन्दा) बैदेशिक रोजगार नेपाल लगायत बिकासौन्मुख राष्ट्रहरुको अर्थतन्त्रको प्रमुख मेरुदण्ड बनेको छ | बढ्दो आधुनिकीकरण र बिश्व ब्यापिकरणको प्रभावले गर्दा आज बिश्व सानो गाउँमा परिणत भएको छ | विश्वको बढ्दो पुजीबादीकरणले गर्दा एकातिर मानवीय मुल्य र मान्यता क्षणभंगुर बन्दै गैरहेका छन भने एकातर्फ अमुल्य मानबिय धरोहरहरु आज खुलेआम लिलाम गरिदै छन् | नेपालमा पनि केहि समय यता मानब तस्करी, ठगि र दलालीबाट पिडित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ | बैदेशिक रोजगार रहर नभएर बाध्यता हो बिशेष गरि हाम्रो जस्तो अल्पविकसित् मुलुकको लागि | राज्यले नेपालीको यत्रो संख्या कहाँ पुगेको छ र तिनको अवस्था के छ भनेर चासो देखाएको छैन । योभन्दा पनि डरलाग्दो स्थिति के छ भने, यो काम राज्य संयन्त्रका कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा भइरहेको छ, जसलाई 'सेटिङ प्रथा' भनिन्छ । श्रम स्वीकृतिको वैधानिक च्यानलहरू छल्न मिलाइएको 'सेटिङ' मा प्रायः उतैका कम्पनी वा एजेन्टहरूले यताका म्यानपावर कम्पनी, ट्राभल एजेन्सी, मनी एक्सचेञ्ज वा व्यक्तिहरूलाई 'भिजिट भिसा' पठाउँछन् । अनलाइन भिसा प्रणालीले यसलाई अझ्ै सहज बनाएको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारी भन्छन्, "कतिले त नक्कली भिसामै उडाउँछन् ।" 'भिजिट भिसा'मा विदेश जान दुईतर्फी हवाइटिकट, होटल बुकिङ र न्यूनतम ५०० अमेरिकी डलर हुनुपर्ने अध्यागमन विभागको मापदण्ड छ । त्यति भएपछि 'सेटिङ' मिलेकाहरू सजिलै छिर्छन् । 'सेटिङ' मा गएकाहरूले बोकेको ५०० डलर चेकजाँच पछि र जहाज चढ्नुअघि अध्यागमनका कर्मचारी वा प्रहरीले लिन्छन् । अर्थात्, विमानस्थलस्थित अध्यागमनका कर्मचारी, अध्यागमन अधिकृतको रूपमा रहने राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर, प्रहरी र वैदेशिक रोजगार विभागका कर्मचारी नमिली 'सेटिङ'मा मानव तस्करी संभव हुँदैन ।