सुर्खेतको उत्तरगंगा ८ की २० बर्षिया मनिषा थापालाई प्रहरीले हिरासतमा चरम यातना दिएको छ । प्रहरीको कुटाईवाट गम्भीर घाइते भएकी थापाको अहिले मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउमा उपचार भइरहेको छ ।
४ दिनदेखि प्रहरी हिरासतमा रहेकी थापालाई प्रहरीले हिरासत भित्रै चरम यातना दिएर आफैले उपचार गर्न क्षेत्रीय अस्पताल लगेको थापाका आफन्तले जनाएका छन ।
प्रहरीको कुटाईवाट थापाको अनुहारलगायत शरीर भरी निलडाम रहेको आफन्त रामबहादुर शाहीले जानकारी दिनुभयो । कान नसुनेको हुँदा प्रहरीको कुटाईवाट उहाको श्रवन शक्ति समेत गुमेको आशंका आफन्तले गरेका छन ।
सासूसग झगडा गरेको आरोपमा थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको थियो ।
तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने थापालाई यातना नदिएको भन्दै पुरानै रोगका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पताल भर्ना गरेको बताएको छ ।
प्रहरिको हिरासतमा युवतिलाई चराम यातना