श्रृंखलाबद्ध विष्फोटमा १५ जनाको मृत्यु ।
हैदरावाद (भारत), फाल्गुन १० - हैदरावादमा बिहीबार साँझ भएको श्रृंखलाबद्ध विष्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशको राजधानी हैदराबादको दिलसुख नगर इलाकामा साँझ सवा ७ बजेपछि पाँच ठाउँमा श्रृंखलाबद्ध विष्फोट भएको हो । विष्फोटमा दर्जनौं घाइते भएको र मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिलसुख गरको थिएटर क्षेत्र मानिस र सवारीको बढी चाप हुने क्षेत्र हो । प्रहरीका अनुसार आक्रमणकारीको पुष्टि भएको छैन । घाइतेलाई अस्पताल पुर्याइएको छ ।