डाक्टरको लापरवाहीका कारण एक युवक भए गर्भवती!हेर्नुहोस्

गर्भवती हुने र बच्चा जन्माउने प्रक्रिया त मात्र महिलाले अपनाउने गर्छिन् अर्थात यो नियम त महिलामा मात्र लागु हुने गर्छ । त्यसैले पुरुष गर्भवती हुने र बच्चा जन्माउने कुरा त हामी सोच्न पनि सक्दैनौ । तर पुरुष पनि गर्भवती हुने कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तपाईलाई मात्र किन जसले पनि यो समाचार पढ्नुहुन्छ वहाँ सबैलाई अचम्म लाग्न सक्छ ।



कजाकिस्तानमा १५ वर्षीय एक युवक गर्भवती भएको डाक्टरहरुले घोषणा गरी दिएका छन् । उसलाई यस्तो बनाउने औषधी पनि दिइएको थियो भने ५० हजार टेंगे ( करीब १७,८०० ) को विल पनि हातमा थमाइदिएको थियो । युवकको परिवारजनलाई यस कुराको शंका भएपछि मात्र डाक्टरहरुलाई यस गल्तीको बारेमा थाहा पाएका थिए । ती युवक एक्टोब शहरको एक अस्पतालमा मृगौला सम्बन्धी रोगको उपचार गराउन भर्ती भएका थिए । डिस्चार्ज हुने समयमा मेडिकल हिस्ट्रीमा गर्भवती भएको पनि लेखिएको थियो ।

युवकको परिवारको शिकायत पछि अस्पतालका डायरेक्टरले यो मेडिकल साइन्सको कुनै नया खोजी नभइ, अतिउत्साही डाक्टरको गल्तीका यो नतीजा भएको बताएका छन् । युवकको भनाइ अनुसार ती युवकले डाक्टरहरुले दिएको सबै औषधीप् सेवन गरेका थिए । औषधी सेवनको केही समयपछि उनी एलर्जीको शिकायत भएको थियो । किनकी ती औषधीहरु मृगौलाको समस्यासंग सम्बन्धीत थिएन ।

युवकका परिवारले हस्पिटलमा मुद्दा गरी १० मिलियन टेंगे ( करीब ३५,६२,८४५ ) को दावा पेश गरेको छ । तर अदालतले घटनामा पुनर्विचारको गर्ने कुरा गर्दै रकम कटौती गरिदिएको छ । उनीहरुले अदालतमा फेरी अपील गर्ने युवकको आफन्तले बनाएका छन् ।


भिडियो समाचार हेर्नको तल बक्समा क्लिक गर्नुहोस् ।