धर्म भाई बनाएर यौन सम्पर्क पछी हत्या

१३ फागुन, कास्की । पोखरामा एक युवतिले भाइ बनाएर यौन सम्पर्कपछि एक युवाको हत्या गरेकी छिन । कल्पना नकर्मी नाम गरेकी युवतिले धर्म भाइ बनाएर यौन सम्वन्धराखि उदयपुर साउनेपानीका २६ वर्षीय अमर रानामगरको हत्या गरेकी हुन ।



भाइ बनाएर अनैतिक यौन सम्पर्क राख्दै आएकी ३५ बर्षिय कल्पनाले शनिवार राति ८ बजे यौन सम्र्क राख्नकै लागी बोलाएर हत्या गरेकि हुन । प्रहरीका अनुसार नकर्मीले धर्म भाइ बनाएका रानामगरको अन्य दुईजना लगाएर हत्या गरेकी हुन ।



हत्या पछि रानामगरको शव पृथ्वीनारायण क्याम्पसभन्दा केही तलको चौरमा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा फालेको पाइएको हो । प्रहरीका अनुसार शनिवार नकर्मीले रानामगरलाई बोलाएलगत्तै अन्य २ सहयोगीलाई पनि बोलाएकी थिइन् । हत्या पछि फरार अन्य दुईजनाबारे प्रहरीले खोजिकार्य जारी रहेको भन्दै नाम खुलाएको छैन ।



आफैंले बोलाएर हत्या गराएकी नकर्मीले दुईहात पछाडि बाँधेर चौरमा बसिरहेको समयमा रानामगरको हत्या पछि आफुलाई बाँधेर पठाएको भन्दै प्रहरी चौकि पुगेकी थिइन । तर प्रहरीले शंकालागेपछि सोधपुछका क्रममा पोल खुलेको हो । धर्म भाइ बनाएर यौन सम्वन्ध राख्दै आएको समेत बयानका क्रममा नकर्मीले बताइएको प्रहरीले बताएको छ । तर पछिल्लो समय नकर्मी र रानामगर बिच आर्थिक विषयमा विवाद बढेको र त्यहि लेनदेनका विषयमा कुरा नमिलेपछि नकर्मीले हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।



फुटपाथमा चिया बच्दै आएकी नकर्मी पोखरामा स्थानिय प्रशासनले फुटपाथबाट हटाएपछि