बच्नुहोस् यस्तो प्रेमबाट जसले खुशी होइन, आँसु मात्र दिन्छ

जब यौन प्रधान हुन्छः चलाक र स्वार्थी प्रवृत्तिका पुरुष युवतीहरूसित फ्लर्टिङ गर्न मात्र माहिर हुँदैनन्, अपितु तिनको लक्ष्य यौनमात्र हुन्छ। उनीहरू लामो समयसम्म कुनै एउटा सम्बन्धमा बाँधिएर रहन चाहँदैनन्। अर्पिताका प्रेमी सुमन पनि प्रायः यौन सम्बन्धका लागि जोड दिन्थ्यो। ऊ प्रायः आफ्नो साथीभाइको चर्चा गथ्र्यो, जो यसप्रकारको रिलेसनसिपमा थिए साथै दबिएको शब्दमा अर्पिताले यौन सम्बन्धका लागि अस्वीकार गरे ऊसितको सम्बन्ध तोड्ने कुरा पनि गथ्र्यो। जब अर्पिताले यो कुरा आफ्नो साथीलाई सुनाइन्, उनले अर्पितालाई सचेत गराइन् कि सुमन अर्पिताको शरीरप्रति मात्र आकषिर्त छ र सम्बन्ध बनाएपछि उसले अर्पितालाई छोड्ने सम्भावना छ। अर्पितालाई आफ्नो साथीको कुरा सही लाग्यो र उनले स्पष्ट शब्दमा सुमनलाई विवाहपछि मात्र शारीरिक सम्बन्धले स्थान पाउने कुरा बताइन्। त्यसपछि सुमन बिस्तारै अर्पिताबाट टाढिंदै गयो। तपाईंको प्रेमी पनि यस्तो छ भने उसको पहिचान सहजै गर्न सकिन्छ। तपाईं उसको सामुन्ने पुग्दा उसको हाउभाव अचानक परिवर्तन भएको अनुभव गर्न सक्नुहुन्छ। यस्ता व्यक्ति सम्झौता गर्दैनन्। सबैभन्दा ठूलो कुरा यस्ता व्यक्ति युवतीहरूलाई आकषिर्त गर्न, लोभ्याउन र रिझाउन माहिर हुन्छ। अतः यस्तो सम्बन्धलाई सुन्दर मोड दिएर समाप्त गर्नु नै राम्रो हुन्छ।







धोकेबाजः आजको युगमा मनबाटै इमान्दार तथा प्रेममा बफादार साथी पाउन गार्‍हो छ। भावना र आपसी सम्बन्धको महत्त्व कम हुँदै गएको बेला केही स्वार्थी पुरुष आफ्नो स्वार्थका लागि सम्बन्ध बनाउन र तोड्न तल्लीन देखिन्छन्। आफ्ना प्रेमीकाबाट वाक्क-दिक्क लाग्दा त्यस्ता पुरुषहरू नयाँ साथी खोज्नमा प्रयत्नरत रहन्छन्। कहिलेकाहीँ त यस्ता पुरुषहरू एकैपटकमा चार-पाँचवटा प्रेम सम्बन्ध बनाउन पनि पछि पर्दैनन्। यदि आफ्नो प्रेमीको आँखामा प्रेमको साँचो पन देख्नुहुन्न वा अचानक नै कोही अरूसित नजिक भएको पाउनुहुन्छ भने उसको बहानामा विश्वास गर्नुको साटो उसलाई बाई-बाई गर्नुमै समझदारी हुन्छ।



एग्रेसनः एउटा च्यानलमा प्रसारणमा रहेको धारावाहिक सौभाग्यवती भवका नायकलाई हेरे यस प्रकारका पुरुषका बारेमा सहज रूपमा बुझ्न सकिन्छ। यसमा नायक यति धेरै आक्रमक हुन्छ कि ऊ हरेक कुरामा आफ्नी श्रीमतीलाई कुट्ने, पिट्ने काम गर्छ। यदि यस्तो एग्रेसनको अंश प्रेमीमा छ भने ऊ भविष्यमा आफ्ना लागि खतरनाक हुन सक्छ। त्यसो त कैयन् युवतीलाई आक्रमक, क्रोधी र हावी हुने पुरुष राम्रा लाग्छन्, तर हदभन्दा बाहिरको एग्रेसन खतरनाक हुन्छ। जुन पुरुषको स्वभावमा आक्रमकता हुन्छ ऊ प्रेमिका वा श्रीमतीलाई मारपिट र गालीगलौज गर्न पनि पछि पर्दैन। उनीहरू आन्तरिक सौन्दर्यको कमीलाई बाहिरी व्यक्तित्वबाट पूरा गर्न चाहन्छन्। त्यसैले उनीहरू स्टाइलिस हुन्छन्। तिनको हाउभाउ, कुरा गर्ने शैली र रहस्यवादी व्यक्तित्वको आकर्षणमा युवतीहरू चाँडै फस्छन्। यदि यस्ता व्यक्तिसित प्रेममा बढ्नुभएको छ भने एकपटक गम्भीर भएर सोच्नुपर्छ। यसबाहेक धेरै झूटो बोल्ने, ठूल्ठूला गफ गर्ने, आफ्नो रवाफको बयान गर्नेसित पनि प्रेम गर्नुपूर्व विचार पुर्‍याउनुपर्छ।



रुपैयाँ-पैसाको पछि लाग्नेःकेही युवतीमा ब्वायफ्रेन्ड बनाउनुको कारण युवकको रुपैयाँ-पैसामा ऐस, आराम, मोजमस्ती गर्नु नै हुन्छ। युवक आफ्नो जालमा फस्नेबित्तिकै यस्ता युवतीले उनीहरूसँग एटीएमसरहको व्यवहार गर्न थाल्छन्। कै यन् युवती आफ्नो प्रेमीबिना किनमेल गर्न जानसमेत रुचाउँदैनन्। त्यसो त कहीँ घुम्न, खान जानुपरे कसैले देखे के भन्छन् भन्ने प्रतिक्रिया प्राप्त होला, तर किनमेल जानुपर्‍यो भने सब ठीक बताइन्छ। राहुलकी प्रेमिका अञ्जु पनि प्रायः उसलाई सपिङ जान त कहिले रेस्टुराँ लान जोड दिन्थिन्। जुन दिन सपिङका लागि गइन्थ्यो, राहुलको पूरा वालेट खाली हुन्थ्यो। कैयन् पटक उसले आफ्ना मित्रजनबाट उधारोसमेत लिनुपर्‍यो। धेरैपटक राहुललाई उसका मित्रहरूले अन्जुले उसलाई प्रेम गर्ने नभई उसबाट आर्थिक फाइदा उठाइरहेकी छ भनेर सम्झाए पनि तर राहुललाई विश्वास भएन। उसलाई त्यो कुरामा त्यतिबेला विश्वास भयो जब उसले अन्जुका चाहना पूरा गर्ने क्षमता राखेन। यसपश्चात् अञ्जुले राहुलको साथ छोडिन्। यदि प्रेमिका आफूमा भन्दा आफ्नो बैंक ब्यालेन्समा बढी रुचि राख्छन् भने त्यस्तो सम्बन्धबाट छुट्कारा पाउनु नै समझदारी हुन्छ।



कुण्ठाको सिकारः मनबाट जिते जित हुन्छ, मनबाट हारे हार। कहिलेकाहीँ यस्तो पनि हुन्छ कि मनले हारको कुरा गर्छ। उदाहरणका लागि प्रेमिका जहिले पनि आफूभन्दा राम्री-सुन्दरी पाउनुभयो के मलाई छोड्नुहुन्छ भन्ने प्रश्न गरिरहन्छिन्, आफूलाई राम्री छैन है भन्ने कुरा भनिरहन्छिन्, अरूको सुन्दर, लामो केश छ, बदामी आँखा छ, मेरो त रूपरंग आकर्षक छैन, तपाईंलाई म त्यति राम्री लाग्दैन होला जस्ता कुरा गरेर दुःखी भैरहन्छिन् भने त्यस्तो कुण्ठाको उपचार चाहेर पनि गर्न कठिन हुन्छ। त्यसैले यस्तो सम्बन्धलाई लामो समयसम्म डोर्‍याउनु स्वस्थकर हुँदैन।



ओभर पोजेसिवः लव एन्ड केयर सबैलाई मनपर्छ तर कैयन् अवस्थामा यो त्यो हदसम्म बढ्छ कि व्यक्ति दिक्क हुन पुग्छ। यस्तै परिस्थिति मनोजले पनि सामना गर्नुपर्‍यो। जब कृतिसित प्रेम सम्बन्ध गाँसियो मनोजले सम्पूर्ण संसारको खुसी प्राप्त गरेझैं अनुभव गर्‍यो। कृति मनोजको पर्याप्त केयर पनि गर्थिन्। मनोजको खानपान एवं लवाइ कृति नै तय गर्थिन्। उनी मनोजलाई सकेसम्म एक्लो छोड्दिनथिन्। सुरु-सुरुमा मनोजलाई कृतिले यसरी आफ्नो ख्याल गरेको मन पथ्र्यो, तर बिस्तारै कृतिको यो व्यवहारबाट मनोज दिक्क हुन थाल्यो। कारण मनोजले आफूलाई कृतिको बन्धनभित्र महसुस गर्न थाल्यो। अन्ततः उसले कृतिबाट अलग्गिनु नै उचित मान्यो। कसैलाई पनि केही हदसम्म पोजेसिभ भएको ठीक लाग्छ, तर यदि त्यो आवश्यकताभन्दा बढी हुन गए व्यक्तिलाई सास फेर्नसमेत कठिन हुन्छ। यदि प्रेमी वा प्रेमिका आफूलाई लिएर धेरै नै पोजेसिभ छ, ऊ इनसेक्योर महसुस गर्छ र उनलाई सम्झाएर बुझाएर पनि थकित भैसक्नुभएको छ, तर पनि उसले बुझ्दैन भने साइड लाग्नु नै राम्रो हुन्छ।



शंकालु प्रेमिकाः भनिन्छ, शंकाभन्दा नराम्रो रोग अरू हुन सक्दैन। यदि त्यो रोग गर्लफ्रेन्डमा छ भने उनले तपाईं आफू अफिस जाँदा पनि बारम्बार ल्यान्डलाइनमा फोन गरेर तपाईं अफिस नगई कतै अन्तै इन्गेज त हुनुहुन्न भनेर सुनिश्चित गर्छिन्। यस्तो सम्बन्ध भविष्यका लागि ठीक हुँदैन्। यदि तपाईंकी प्रेमिका पनि कहाँ जानुभएको थियो ? उनी को थिइन् ? यति लामो कुरा किन गरेको ? बस्नका लागि उनलाई किन स्थान दिएको ? उनलाई किन त्यसरी हेरिहनुभएको थियो ? किन फोन उठाउन ढिला गर्नुभयो ? जस्ता प्रश्नले दिक्क बनाउँछिन् भने यस्तो शंकाग्रस्त सम्बन्धलाई जबर्जस्ती डोर्‍याउनुभन्दा टाटा-बाईबाई भन्नु राम्रो हुन्छ।