श्रीमतिसँग यौन सम्पर्क नगर्दा श्रीमानलाई १० लाख जरिवाना!!

लोग्नेले सेक्स नगरेको भन्दै एक फ्रान्सेली महिलाले आफ्ना श्रीमानलाई साढे १० लाख जरीवाना तिराएकी छिन् ।यौन सम्पर्क गरेको भन्दै महिलाले उजुरी दिएको र उजुरी बमोजिम जबरजस्ती करणीको मुद्धामा लोग्नेले सजाय पाएको घटना भन्दा यो घटना अत्यन्तै रोचक छ । त्यसैले भन्ने गरिन्छ अजिव दुनियाँको गजव कहानी । यस्तै छ संसार । धेरै वर्षदेखि श्रीमानले आफुसाग यौन सम्पर्क नराखेको भन्दै आफ्नै श्रीमती मोनिकले मुद्धा हालेपछि ५१ वर्षका जिन लुइसले ९ हजार पाउण्ड अर्थात् झण्डै साढे १० लाख रुपैयाँ जरिवाना तिरेका छन् ।







एक्सएन प्रान्तस्थित अदालतकी न्यायाधिसले मुद्धामा फैसलाका क्रममा नागरिक र दण्ड संहितालाई उधृत गर्दै दम्पतिबीच कानुनतः यौन सम्पर्क हुनु आवश्यक रहेको र श्रीमान श्रीमती दुबैले एक अर्काको चाहनाको सम्मान गर्नुपर्ने बताइन् ।

जिन लुइस र मोनिकले २१ वर्षअघि विवाह गरेका र २ जना छोराछोरी रहेका भएपनि पछिल्लो समयमा जिनको यौनचाहना घट्दै गएकाले मोनिकलाई सन्तुष्टि दिन सकेका थिएनन् । जिनका वकिलले कामको तनाव र विमारीका कारण उनले श्रीमतीलाई यौन सन्तुष्टि दिन नसकेको दाबी गरेका छन् ।



फ्रान्समा यौन असन्तुष्टिका कारण धेरै महिला र पुरुषले सम्बन्ध विच्छेद गर्ने गरेका भएपनि यौन सन्तुष्टि दिन नसकेको आरोपमा आर्थिक जरिवाना तिर्नुपरेको यो निकै विरलै हुने घटना रहेको बताइएको छ ।यसअघि सन् २००० मा यस्तै घटना घटेको थियो । पछिल्लो समयमा फ्रान्सेली समाजमा यौन असन्तुष्टि बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । सयमा ७६ जना मानिसहरुले आफ्नो दाम्पत्य जीवनमा यौन सन्तुष्टि पाउन नसकेको बताएका छन् ।