पारसको स्वास्थ्य स्थिति स्थिर(चिकित्सकको विज्ञप्तिसहित)
१२ फागुन, काठमाण्डौं । पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । पारसको उपचाररत अस्पताल समिटिभेजका चिकित्सक कार्डियोलोजिस्ट डा. सायन चीपुडोमवित, डा. पारिन्य कुनवित र डा. कुन्चित पियभेचभिरातनाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा पारसलाई गम्भिर प्रकारको हृदयघाट भएको र उनको अवस्था स्थिर रहेको बताइएको छ ।
चिकित्सकहरुले पारसको अवस्था गम्भिर भएपनि स्थिर रहेको भन्दै उच्च निगरानीका साथ उपचारमा संलग्न भएको बताएका छन् । पारसको स्वास्थ्य स्थितिका बारेमा बेग्ला बेग्लै टिप्पणी आईरहेका बेला असप्तालले विज्ञप्ति जारी गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएको हो ।