घर भित्र बालेको आगो सल्कीँदा एक को ज्यान गयो
नवलपरासी,माघ ६ । घर भित्र बालेको आगो सल्कीँदा नवलपरासी पक्लिहवा गाविस वडानं ६ पतरकोटका ८० वर्षिय सन्तु हरिजनको शुक्रबारराती जलेर मृत्यु भएको छ । अत्याधिक जाडो भएपछि घर भित्र आगो ताप्दै बसेका हरिजन रातको समयमा निदाउन पुगेको र अकस्मता उक्त आगो घरमा सल्कीन पुग्दा उनको घर भित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरपरिवार संग अलग्गै बस्दै आएका हरिजनले सांझ खाना खाई सुत्ने बेलामा अगेना नजिकै ओछ्यान लगाएर सुतेको र घरमा आगो लागेपछि भित्र बाट निस्कन नसक्दा उनको जलेर भएको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतक हरिजनको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको नवलपरासी प्रहरीले जनाएको छ ।