गौर,रौतहट । बोक्सिको आरोपमा एक महिलालाई कुटपिट गर्ने चार जना पक्राउ परेका छन । पीडितको जाहेरी अनुसार उनीहरु लाई प्रहरीले पक्राउ गरेको हो । देशका बिभिन्न भागमा महिला हिसाका घटना बृद्धि भैरहेका बेला रौतहट बसतपुर–८की एक महिला माथि बोक्सि आरोपमा कुटपिट भएको दुई साता पछि प्रहरीले पीडकहरु लाई पक्राउ गरेको छ । स्थानीय बसतपुर–८ निबासी एक महिला लाई छिमेकी महेशी हजराको परिबारले बोक्सिको आरोपमा मंसिर ३० गते कुटपिट गरेका छन । कुटपिट गर्ने उनी सहित उनको श्रीमती कान्ती देबी, संजिब हजरा र उनको आमा मरिनिया देबी लाई प्रहरीले पक्राउ गरी सबै लाई बोक्सि आरोपमा दुब्र्यबहारको मुध्दा दर्ता गरेको छ । गएको मंसिर २६ गते छिमेकी संजिब हजाराको श्रीमती बाट दुई छोराको जन्म भएकोमा एकको मृत्यु भएपछि बोक्सिको आरोपमा सुनिता देबी ( नाम परिर्बतन ) लाई निर्घात कुटपिट गरेका हुन । बोक्सि आरोपमा दुब्र्यबहार र कुटपिट भएको दुई साता पछि मात्रै पीडकहरु कानुनी कठघरामा परेका छन । महिला हिसाका घटना जताततै बृध्दि भएपछि प्रहरीले महिलाहरु लाई पीडितहुन नदिन प्राथमिकताका साथ कार्य गरेको जनाएको छ । गएको श्राबण ३२ गते राजदेबी–४ कै एक महिला माथि सन्त लाल दास तत्मा सहित ६ जनाले बोक्सिकै आरोपमा कुटपिट गरी अझै फरार रहेका छन । उनीहरु लाई जिल्ला अदालत गौरले भदौ २५ गते पक्राउ पुर्जी जारी गरेपनि अझै पक्राउ पर्न नसकेको जनाइएको छ । आर्थीक बर्ष ०६९/७० मा मात्रै रौतहटमा बोक्सिको आरोपमा दुई जना महिला माथी दुब्र्यबहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याकले देखाएको छ ।
बोक्सि आरोपमा कुटपिट गर्ने पक्राउ


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं