ड्रग्सको लत छुटाउन दिमागको अप्रेसन !

चीनमा लागू औषध प्रयोगकर्ताहरुको सख्या ठूलो छ । मानिसहरुलाई लागू औषधको लतबाट मुक्त गराउन डाक्टरहरुले ड्रग्स सेवनपछि खुशी महसुस हुने दिमागको उक्त भागलाई सर्जरी गरेर नष्ट गर्दैछन ।

यसले लागू औषध सेवनकर्ताहरुको लत छुट्ने बताइएको छ । यसलाई स्टीरियाटेक्टिक एब्लेशन भनिन्छ । दिमागको उक्त भाग नष्ट गर्दा व्यक्तिको प्राकृतिक बस्तुहरुप्रतिको रुची, भावना र खुसी महसुस गर्ने क्षमता पनि प्रभावित हुन सक्छ । अमेरिका र बेलायतमा उपचारै हुन नसक्ने डिप्रेसनबाट पीडित केहीको उपचारमा यो बिधिको प्रयोग गरिन्छ।

बिरोध

तर, यो बिधिको प्रयोग गर्न नहुने विज्ञहरुको मत पनि चर्को छ । यो विधिबाट उपचार गरिएको ६० रोगीमध्ये अधिकांशमा दीर्घकालिन प्रभाव देखियो । उनीहरुको स्मरण शक्तिमा समस्या आएको छ । ५ वर्षभन्दा कम समयमा नै ५३ प्रतिशत फेरि नशामा लतमा फेसे । चिनियाँ अध्ययनका अनुसार २१ प्रतिशत रोगीमा कमजोर स्मरण शक्ति देखियो भने १८ प्रतिशत रोगीमा प्रेरणाको कमी भएको पाइयो ।