बाबुले १५ हजारमा छोरी बेचे (बम्मैको कोठिमा)
५ माघ, काठमाण्डौं । घरबाट भागेर दिल्ली पुग्दा नजिकैकाहरुको जालमा परेर कोठीमा पुगेकी एउटी निरीह मलिा बाबुलाई भेटेर घर र्फकन चाहन्थिन् । तर परिस्थिति अर्कै भइदियो । उल्टै बाबुले कोठीबाट छोरीलाई छुटाउनुको सट्टा दुई बर्षअघि १५ हजार भारतीय रुपैयाँ हत्याएर दोस्रो पटक बेचिदिएको रहस्य खुलेको छ ।
कोठी आएको एउटा ग्राहकले समिता (नाम परिवर्तन) लाई त्यसरी बिछ्ट्टै मन नपराएको भए सायद उनी अझै दिल्लीको नर्कजस्तो कोठीमै हुन्थिन् । पछि त्यही ग्राहकसँग भारतमै अदालती विवाह गरेकी उनी माइत आउँदामात्र यस्तो खुलासा भएको हो । आफ्नै गाउँकी ममता बादीले सञ्चालन गरेको कोठीमा पहिले बेचिएकी थिइन् । उनलाई बाबुले समेत रकम लिएर त्यही छाडेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानले जानकारी दिएको छ। बेचविखनमा बाबुसहित धेरै जनाको संलग्नता रहेको लिखित बयान दिएको आधारमा थप चार जना पनि पक्राउ परेका छन् ।