विकिनी तरुनी रेस्टुरेन्ट जहाँ वेटरले बिकिनीमात्रै लाउँछन....

हिजो आज राजधानीको गल्ली गल्लीमा रेष्टुराँ खुलेका छन् । ग्राहकलाई आकर्षित गर्न उनीहरु आफ्नो बलबुताले भ्याएसम्मको उपाय लगाउँछन् । यस्तो नेपालमा मात्र हैन, बिश्वका सवैजसो देशमा हुन्छ । अरुभन्दा फरक देखाउनकै लागि व्यापारीहरु अनौठा हर्कत गर्न पनि पछि पर्दैनन् ।

हामी यस्तै रेष्टुराँको कुरा गर्दैछौं, जहाँ महिला वेटरहरु मात्र हुन्छन् र त्यो पनि विकिनीमा । कोलोराडो राज्यको डेनभरमा रहेको अमेरिकाको ‘हट चिक अ लाटे’ रेष्टुराँमा अर्गानिक कफी, ब्रेकफास्ट र ड्रिङ्कससँगै खाइलाग्दा तरुनीहरु पनि हुन्छन जसले जीउमा कपडाको नाममा बिकिनीमात्र लगाएका हुन्छन् । यस्ता रेष्टुराँको मुख्य लक्ष्य ग्राहकलाई भोजनको साथसाथ मनोरन्जन पनि दिनु हो । तपाई भित्र पस्नासाथ विकिनीमा सजिएका महिलाहरुले तपाईहरुलाई टेबलसम्म लैजान्छन् र तपाई त्यहाँबाट बाहिर ननिस्किएसम्म उनी साथमै रहन्छन् । मोजमस्तीका लागि आवश्यक सबै प्रवन्ध मिलाइएको यस्ता रेष्टुराँमा डिस्को र बार डान्स पनि हुन्छ । अब भएन त मज्जा ? कफीको चुस्कीसँगै नसालु युवतीको साथ !