माओवादीको सभा बिथोलियो, १२ राउन्ड अश्रुग्याँस प्रहार (भिडियोसहित)

दैलेख, माघ १० । कडा सुरक्षाबीच शुरु भएको एकीकृत माओवादी दैलेखको पहिलो जिल्ला अधिवेशनको उद्घाटन समारोह विपक्षी दलका कार्यकर्ताले विथोलेका छन् । एकीकृत माओवादीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहँदा विपक्षी दलका कार्यकर्ताले ढुंगामुढा गरेका थिए । स्थितलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउड अश्रुग्याँस प्रहार र लाठी चार्ज गरेको छ । त्यसक्रममा १६ जना भन्दा वढी घाइते भएका छन् । यसअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड कडा सुरक्षाबीच दैलेख पुगेका थिए ।source : imagechannel



भिडियो हेर्नुहोस् ।