मध्यपुर रेलिगेशनमा परेपछि दशरथ रंगशालामा तनाव (भिडियो)
काठमाडौं, माघ १० (नागरिक)- आइसवर्ग मध्यपुर युथ एसोसियशन सहिद स्मारक रेडबुल ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ। बुधबार भएको खेलमा भक्तपुरे टोलीलाई हिमालयन शेर्पाले १-० ले पराजित गर्यो। दशरथ रंगशालामा गणेश खड्काले ५२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। १६ खेलमा मध्यपुरले १३ अंकमात्र जोड्न सक्यो। मध्यपुरभन्दा एक स्थान माथि रहेको सामसुङ जावलाखेल युथ क्लबको १४ अंक छ। जावलाखेलले बिहीबार नेपाल पुलिस क्लबसँग अन्तिम चरणको खेल खेल्दैछ। खेल दौरान निराजन रायमाझीलाई लडाइ पेनाल्टी नदिएको निर्णयमा मध्यपुरले रेफ्रीको विरोध गर्दा दशरथ रंगशाला तनाव बनेको थियो। बौद्ध फुटबल क्लब र महिन्द्रा बाँसबारी क्लब यसअघि नै रेलिगेशनमा परिसकेको छ।
भिडियो हेर्नुहोस् ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं