हेर्नुस त पिडा !! दैव पनि कति निस्ठुरी हो !!

दैलेखकी २७ वर्षीय एक माया गुरुङको चार वर्ष अगाडी दुबै मृगौलाले काम नगरे पछि भारतमा उपचारकै क्रममा निधन भयो । एक मायाको उपचारमा करिव २० लाख भन्दा बढी खर्च भयो तर उनी बाच्न सकिनन् । त्यस पछि उनको परिवारमा आर्थिक संकट स्वभावैले सुरु भयो । एक मायाले नाबालाक छोरा सगुन गुरुङलाई यो संसारमा छोडेकि थिइन् । उनै सगुन गुरुङ यतिखेर जिवन र मरणको दोसादमा अस्पातलको शैय्यामा छलपटाइ रहेका छन् । सगुनलाई बचाउन उनका बुबा र ठूली आमा सहयोगी हातहरुको पर्खाइमा बसिरहेका छन् ।