९ हजार किलोको केक खान २ हजारको लाइन

मेक्सिकोमा एक परम्परागत विशाल केक बनाइएको छ । उक्त गोलाकार केकको परिधी करिव १ माइल छ भने तौल झण्डै ९ हजार किलो ।

राष्ट्रिय बेकरी संघका उपाध्यक्ष एन्टोनियो एरियासले यस केकलाई २ लाखभन्दा बढी टुक्रा पारिने बताए । यो केक तयार गर्न ५ मेटि्रक टन आँटा, तीन टन मख्खन र ३८ हजार ६ सय अण्डा प्रयोग गरिएको थियो । मेक्सिकोमा छुट्टीको दिन यस्तो विशाल केक बनाउने परम्परा छ । लामो छुट्टी सकिएपछि जनबरी ६ मा ‘थ्री किंग्स डे’ मनाइन्छ र यस अबसरमा ठूला र मिठा केक खाइन्छ । बिहीवार बिहानैदेखि मानिसहरु केकका लागि लाइनमा बस्छन जहाँ सैनिक र स्वयंसेवकहरुले केक बाँडछन् । यसपटक करिव २ हजार १ सय जनाले यस्तो केक खाए । यस्तो केक बनाउन झण्डै ८० हजार अमेरिकी डलर अर्थात झण्डै ७० लाख रुपैयाँ खर्च भएको थियो । यसका आयोजकले आगमी बर्ष करिव ६ किलोमिटर लामो केक बनाउने योजना बनाइरहेका छन् । जसको लक्ष्य हो- गिनिज बुकमा नाम लेखाउनु