तपाईंको आजको राशिफल
तपाईंको आजको राशिफल
ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल पुष २३ गते सोमबार, दशमी।
... मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मध्याह्नपूर्व राम्रो दिन छ । काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ
। पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । मानसम्मान पनि प्राप्त
हुने योग छ । सुखद यात्रा गर्ने अवसर जुट्ने छ । दाम्पत्य जीवन सुखमय
रहनुका साथै सन्ततिपक्षबाट पनि सन्तोष प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफुलाई प्रतिष्ठा प्राप्त भए पनि साथीभाइ टाढिने सम्भावना छ ।
मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । पुख्र्यौली सम्पत्तिको विवाद छ
भने आजबाट समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ ।
बौद्धिक क्षेत्र राम्रो देखिन्छ तर पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायिक क्षेत्र मध्यम रहने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र
सन्तोषप्रद रहने छ । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य
सम्बन्धमा पनि तालमेल हुँदैन । धार्मिक र सामाजिक क्षेत्रमा ठूलै
धनराशी खर्च हुनसक्छ तर मानसम्मान र प्रशंसा प्राप्त हुने लक्षण छ ।
धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । शुभ
कुराको संकेत मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा काम गर्नेका लागि आजको दिन राम्रो छ । पुरुषहरुले
ससुरालीबाट र महिलाले माइतीपक्षबाट राम्रो सहयोग जुटाउन सक्छन् ।
सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त हुनेछ ।
अविवाहितहरुमा विपरीतलिंगीबाट सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन ठीकै मान्नुपर्छ । समयको ख्याल गर्नु होला । व्यवहारिक
कठिनाइको सामना गर्नु पर्ला । मेवा मिष्ठान्न आदि खाने वातावरण
मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट
व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय राम्रो रहेको छ । आज कुनै विशेष खुशीको समाचार सुन्न पाइएला ।
राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक
क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ ।
भोगविलासमा मन जानेछ । दिन रमाइलो गरी बित्नेछ । शत्रुहरु पराजित
हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खराब समय छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामान्य
कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला ।
मानसिक एवं बौद्धिक ह्रास होला । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ
। यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि आज
राम्रो दिन छ । व्यापार गर्नेले पनि आज सोचेजस्तै लाभ लिन सक्नेछन् ।
कर्मचारीले व्यर्थमा विवाद गर्ने समय छ । विद्यार्थीभने
मनोरञ्जनमा भुलिने छन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ ।
यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । आकस्मिक
स्वास्थ्य समस्या आइलाग्न सक्छ । आफन्तहरुबाट भनेजस्तो सहयोग
प्राप्त हुन सक्दैन । साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन् । आज यात्राको समय छ ।
तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । साथै मनोरञ्जन प्राप्त
पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत
मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खराब समय छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै
उमङ्ग नल्याउनु नै बेस होला । स्वास्थ्यमा अचानक गडबडी आउने
सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट
मुक्त भएर बस्न कठिन हुनेछ । तर समस्यादेखि नभाग्नु होला ।
आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ