पत्रकार डेकेन्द्र थापाको अनुसन्धानरत डिएसपीसहित ३ प्रहरी अधिकृत हटाइए

माघ ११ - कार्यकुशलता राम्रोसंग निर्वाह गर्न नसकेको भन्दै दैलेखका जिल्ला प्रहरी प्रमुख सहित तीन जना प्रहरी अधिकृतलाई सरुवा गरिएको छ ।

एकीकृत नेकपा माओवादी र विपक्षीदलका कार्यकर्ताबीच बुधबार झडप हुँदा राम्रो भूमिका निर्बाह नगरेकोले उनीहरुलाई हटाइएको बताइएको छ । तर, पत्रकार डेकेन्द्रराज थापाको हत्या सम्बन्धी मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक विनोद शर्मालाई भने अनुसन्धान प्रभावित हुने कारण सरुवा नगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उता, बुधबार दिनभर तनावग्रस्त दैलेख सदरमुकामको जनजीवन बिहीबार सामान्य बन्दै गएको छ ।