सिंहदरबारको पर्खालमा पनि डोजर लगाउदै

९ माघ, काठमाण्डौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार मुलगेट, सर्वोच्च अदालसमेतले गरेको सडक अतिक्रमण भत्काइने भएको छ । माइतिघर मण्डलाबाट सर्वोच्च अदालtm सिंहदरबार मूलगेट हुँदै पद्मोदय मोडसम्म करिब ५ सय मिटर सडक अतिक्रमण भत्काउने तयारी अन्तिम चरणमा पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘सडक विस्तारमा सरोकारवाला निकायबीच सहमित भइसकेकाले केही दिनमा अतिक्रमित सडकमा बनेका पूर्वाधार भत्काउने चिन्ह लगाउने र भत्काउन थाल्ने छौं’, महानगरीय ट्राफिक प्रहरी प्रमुख नायब महानिरक्षिक उपेन्द्रकान्त अर्यालले भने, ‘अतिक्रमण भत्काएर निर्माण तत्कालै सुरु हुन्छ ।’ यो सडक खण्डमा मिचेर बनेका पूर्वाधार सरकारी कार्यालयले नै बनाएका हुन् । सरकारी नै भएकाले मुआव्जा दिनु नपर्ने भएकाले भत्काउन लागेको ट्राफिकको भनाई रहेको छ ।