बन्दुक बोक्ने हातले बंगुर स्याहार्न थालेपछि…

६ माघ, सुखेत । नेपाली सेनाको जागिरे छँदा १८ बर्षसम्म बन्दुक बोकेर ड्युटी गरेका जबरबहादुर श्रेष्ठका हात अहिले बंगुर स्याहार्नमै व्यस्त हुन थालेका छन् । जागिरे छँदा एमएमजी, एसएलआर र एम -१६ चलाउँदैमा दिन विताएका श्रेष्ठको अहिले दिनचर्या ल्यान्डिस, योगसार, हिमसार, ड्युरो, पाख्रीबार र टामोथ जातका बंगुरसँगै वित्न थालेको छ ।

२०६४ सालमा सेनाको जमदारहुँदै जागिरे जीवनबाट अवकाश पाएपछि पेन्सनपट्टा बुझ्नासाथ विदेश हुत्तिएका श्रेष्ठलाई १३ महिना जापानमा पसिना चुहाइसकेपछि लाग्यो ‘विदेशमा अर्काको नोकरी गर्नुभन्दा आफ्नै माटोमा खनीखोर्सी’ गर्नु नै ठीक, त्यही भएर फर्किनुभयो । विदेश त भन्नुमात्र रैछ, दुःख त उहाँ पनि उत्तिकै गर्नुपर्ने रैछ,’ श्रेष्ठले भन्नुभयो । ‘त्यहाँ गर्ने जत्तिको दुःख आफ्नै ठाउँमा गरे कमाई भने भई हाल्छ नि,’ उहाँले भन्नुभयो । खासघर पूर्वी पहाडी जिल्ला संखुवासभा भएका श्रेष्ठले लाटीकोइली ७ मा मासिक ६ हजार भाडा तिरेर १३ धुर जग्गा लिजमा लिएर आफै बंगुर फार्म चलाईरहेको खबर नेपाल समाचारपत्रले छापेको छ ।